फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी पैचिंगमा

(GMT+08:00) 2013-09-19 16:59:52

         चीनले मानववाहक अन्तरिक्ष उडानको कार्यभार पहिलो पटक लागू भएको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय र चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयद्वारा संयुक्त रुपमा अध्यक्षता गरिएको मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हाल पैचिंगमा आयोजना गरिएको छ। चीनको मानववाहक अन्तरिक्षका प्रमुख इन्जिनियर चौ चे फिङ्गले साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै भविश्यमा चीनको अन्तरिक्ष केन्द्र तेह्र वटा प्रणालीबाट गठित हुने कुरा पहिलो पटक सार्वजनिक गर्नुभयो।

         मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालयद्वारा प्रस्ताव गरिए बमोजिम, हरेक वर्ष एक पटक आयोजना गर्ने गरिन्छ। मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी पहिलो पटक चीनमा आयोजना हुँदा विश्वका बीस मुलुक तथा क्षेत्रका एक सय पचास जना अन्तरिक्ष विशेषज्ञहरुको सहभागिता रह्यो। थाहा भएअनुसार, चीनले सन् 2020 को अघि वा पछि अन्तरिक्ष केन्द्रको अनुसन्धान र प्रक्षेपण गर्नेछ। यस गोष्ठीमा चीनको मानववाहक अन्तरिक्षका प्रमुख इन्जिनियर चौ चे फिङ्गले पत्रकारको जिज्ञासामा चीनको अन्तरिक्ष केन्द्रको अनुसन्धान प्रक्रियाबारे पहिलो पटक खुलासा गर्नुभयोः

        "अन्तरिक्ष केन्द्रका तेह्र वटा प्रणाली छन्। थेन कुङ प्रयोगशाला प्रणाली थेन कुङ नम्बर दुई चरण पूरा भएपछि सम्पन्न भएको छ। हामीले छाङ चङ सात नम्बर रकेट र छाङ चङ पाँच नम्बरको बी क्यारियर रकेट, अन्तरिक्ष केन्द्रका दुई वटा परीक्षण कक्षको अनुसन्धान गर्नेछौं। साथै अन्तरिक्ष प्रयोगको वैज्ञानिक प्रबन्धको अनुसन्धान पनि हुँदैआएको छ।"

         प्रमुख इन्जिनियर चौकाअनुसार, अन्तरिक्ष केन्द्र मानववाहक अन्तरिक्ष उडानको राम्रो चौतारो हो। चीनको अन्तरिक्ष केन्द्र राष्ट्रिय प्रयोगशालाको मापदण्डअनुसार निर्माण गरिनेछ। चीनको अन्तरिक्ष केन्द्रले अरु अन्तरिक्ष केन्द्रहरुसँग जोड्ने कुरामा सोच-विचार पुर्‍याइने कुरा पनि उहाँले बताउनुभयो।

        "हाम्रो अन्तर्राष्ट्रिय सहयोगको विभिन्न तरीका छ। चीनको अन्तरिक्ष केन्द्रले अरु मुलुकका अन्तरिक्ष केन्द्रहरुसँग जोड्ने वा चीनसँग सहयोग गरी संयुक्त रुपमा अनुसन्धान गर्ने प्रयोगशाला कक्षसँग जोड्नेछ।"

          चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयका प्रमुख वाङ चाउ याउले चीनले शान्तिपूर्ण रुपमा प्रयोग, समान तथा पारस्परिक हित, साझा विकासको सिद्धान्तमा संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालय तथा अरु मुलुकहरुका अन्तरिक्ष संस्थाहरुसँग सहयोग गर्ने कुरा बताउनुभयो।

        "पहिले, दुई पक्षले चौतारो प्रविधिको सहयोग गर्नेछन्। दोस्रो, दुई पक्षले अन्तरिक्ष प्रयोगमा सहयोग गर्नेछन्। तेस्रो, दुई पक्षबीच अन्तरिक्ष यात्रुको छनौट तथा अभ्यास क्षेत्रमा सहयोग हुनेछ। चौथो, दुई पक्षले प्राविधिक उपलब्धीबारे प्रचार-प्रसार गर्ने, विश्वको विभिन्न मुलुक खास गरी विकासोन्मुख मुलुकहरुलाई मानववाहक अन्तरिक्ष प्रविधिको उपलब्धि सक्रियताका साथ प्रचार-प्रसार गर्ने छन्।"

         चीनको मानववाहक अन्तरिक्षले विश्वमा के भूमिका निर्वाह गर्नसक्छ भन्नेबारे चर्चा गर्दा संयुक्त राष्ट्रसंघीय बाह्य अन्तरिक्ष मामिला कार्यालयका प्रमुख माज्लान ओथ्मानले भन्नुभयो

        "चीनको मानववाहक अन्तरिक्ष प्रारम्भिक चरणमा रहेको तर भविश्यमा चीनले मानववाहक अन्तरिक्ष क्षेत्रमा निर्देशक भूमिका निर्वाह गर्नसक्ने मेरो विश्वास छ। किनभने अन्तरिक्ष प्रविधिको विकासको इच्छा, अनुसन्धान तथा विकासको क्षमता, रकमआदि क्षेत्रहरुमा चीनसँग निहित शक्ति छ।"

         थाहा भएअनुसार, मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको मुख्य उद्देश्य "मानववाहक अन्तरिक्ष प्रविधिसम्बन्धी प्रस्ताव"अन्तर्गत अन्तरिक्ष प्रयोग परियोजना लागू गर्न घच्घच्याउनु रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह