फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकी परराष्ट्र मन्त्रीबीचको वाशिङटन भेटवार्ता

(GMT+08:00) 2013-09-20 16:45:41

         चीनका परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी परराष्ट्र मन्त्रीले स्थानीय समय सेप्टेम्बर 19 तारिख अमेरिकाको राजधानी वाशिङटनमा भेटवार्ता गर्नुभएको छ। दुई पक्षले साझा अभिरुचीका सबै विषयहरुबारे वैचारिक र सदिच्छापूर्ण आदान-प्रदान गर्नुभएको छ।

         परराष्ट्र मन्त्री वाङ यीले उहाँको अमेरिका भ्रमणको मुख्य उद्देश्य व्यवहारिक गतिविधिमार्फत नयाँ तथा ठूल्ठूला मुलुकको सम्बन्धलाई प्रशस्त पार्नु रहेको बताउनुभयो। चालू वर्षको मे महिना चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच अमेरिकाको क्यालिफ़ोर्नियामा गरिएको अनौपचारिक भेटवार्तामा चीन र अमेरिकाबीचको नयाँ तथा ठूला मुलुकको सम्बन्ध निर्माणबारे महत्वपूर्ण सहमति भएको थियो। उहाँले परराष्ट्र मन्त्रीको पद सम्हाल्नुभएपछि पहिलो पटक अमेरिकाको भ्रमण गर्नुको मुख्य उद्देश्य दुई मुलुकका राष्ट्रनायकहरुको सहमतिलाई व्यवहारमा उतार्नु रहेको कुरा बताउनुभयो।

         "अमेरिकासँग मिलेर व्यवहारिक गतिविधिमार्फत् चीन र अमेरिकाबीचको नयाँ तथा ठूला मुलुकको सम्बन्धलाई अघि बढाउने, ठोस सहयोगमार्फत नयाँ तथा ठूला मुलुकको सम्बन्धलाई प्रशस्त पार्ने आशा चीनले लिएको छ। हामीले खुल्ला धारणा लिएर अमेरिकासँग अमेरिकी परराष्ट्र मन्त्री केरीद्वारा चर्चा गरिएको सिरिया समस्या, कोरियाली प्रायद्विप समस्या, जलवायु परिवर्तन, साइबर सुरक्षाआदि विषयबारे वैचारिक आदान-प्रदान गर्ने मनसाय लिएका छौं। साथै हामीले अमेरिकासँग एशिया प्रशान्त क्षेत्रका सम्बन्धित समस्याहरुबारे छलफल गर्ने मनसाय लिएका छौं।"

         अमेरिकी परराष्ट्र मन्त्री केरीले चीनको शान्तिपूर्ण उदयको अमेरिकाले स्वागत गरेको बताउँदै चीन र अमेरिकाबीचको नयाँ तथा ठूला मुलुकको सम्बन्ध बिकासबारे दुई मुलुकबीच प्राप्त भएको सहमतिको आधार दुई पक्षबीचको व्यवहारिक सहयोग भएको कुरा बताउनुभयो।

         यसैबीच चीन र अमेरिकाका परराष्ट्र मन्त्रीहरुले सोही दिनको भेट-वार्तामा सिरिया समस्या, कोरियाली प्रायःद्वीप समस्याआदि विषयहरुबारे वैचारिक तथा सदिच्छापूर्ण आदान-प्रदान गर्नुभयो। परराष्ट्र मन्त्री वाङ यीले भेटवार्तापछि बोल्दै हाल रासायनिक हतियारको निषेधबारे संयुक्त राष्ट्र संघद्वारा परिचालन गरिँदैआएको वार्तामा छिटोभन्दा छिटो मतैक्यता हुनसक्ने आशा चीनले लिएको कुरा बताउनुभयो।

          "संयुक्त राष्ट्र संघले यसबारे राजनैतिक मान्यता र समर्थन दिनुपर्छ। सुरक्षा परिषदले एकीकृत आवाज दिनसक्ने आशा हामीले लिएका छौं। सुरक्षा परिषद पृथक् हुनु हुँदैन। चीनले यसबारे सकारात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्ने छ।"

         परराष्ट्रमन्त्री वाङ यीकाअनुसार, कोरियाली प्रायःद्वीप समस्या पनि दुई पक्षको वार्ताको महत्वपूर्ण भाग हो। आठ वर्षअघिको सेप्टेम्बर उन्नाईस तारिखका दिन कोरियाली प्रायःद्वीपको छ पक्षीय वार्तामा सहभागी मुलुकहरुले महत्वपूर्ण वक्तव्य प्रकाशित गरेका थिए। आठ वर्षपछिको सेप्टेम्बर उन्नाईस तारिख चीन र अमेरिकाका परराष्ट्र मन्त्रीहरुको भेट-वार्तामा दुई पक्षले छ पक्षीय वार्ता पुनरारम्भबारे छलफल गर्नुभयो।

         वाङ यीले चीन र अमेरिकाबीचको सहयोगका ठूलो क्षेत्रहरु रहेको कुरा भन्नुभयो।

         "चीन र अमेरिकाबीच सहयोगलाई विस्तार गर्ने र सबल पार्ने धेरै क्षेत्रहरु रहेको कुरामा मैले सधैं नै विश्वास लिएको छु। हामीले अमेरिकासँग मिलेर दुई मुलुकबीचको नयाँ तथा ठूल्ठूला मुलुकको सम्बन्धलाई दुई मुलुकको विभिन्न क्षेत्रमा व्यवहारमा उतार्ने आशा लिएका छौं।"

         परराष्ट्र मन्त्री वाङ यीले उन्नाईस तारिख दिउँसो अमेरिकी राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार राइस, उप राष्ट्रपति बिडेनसँग पनि भेटघाट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह