फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

64 औं अन्तर्राष्ट्रिय खगोलयात्रा सम्बन्धी सम्मेलन पैचिङ्गमा सुरू

(GMT+08:00) 2013-09-23 18:57:56

            पाँच दिने 64औं अन्तर्राष्ट्रिय खगोलयात्रा सम्बन्धी सम्मेलन आज सोमबार पैचिङ्गमा सुरु भएको छ। विभिन्न मुलुक तथा क्षेत्रबाट आएका तीन हजार पाँच सय प्रतिनिधिहरु पैचिङ्गमा भेला भएका छन्। उनीहरुले "अन्तरिक्षको विकासलाई अघि सार्ने र मानव तथा समाजलाई फइदा पुर्‍याउने" मुख्य विषय वस्तुमा रहेर ब्रह्माण्डको रहस्यलाई सँगसँगै अन्वेषण गर्नेछन्।

           यो अहिलेसम्मको सबभन्दा धेरै व्यक्ति सहभागी भएको खगोलयात्रासम्बन्धी सम्मेलन हो। चिनियाँ उपराष्ट्राध्यक्ष ली युआन छाउले उक्त सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुका साथै सम्बोधन गर्नुभयो। उहाँले मानवको अन्तरिक्ष कार्यको विकासमा चीनले यस क्षेत्रमा प्राप्त गरेको उपलब्धीबारे समीक्षा गर्नुभयो। चीनले अन्तरिक्षको आदान प्रदान र सहयोगलाई सबल पार्ने इच्छा लिएको बताउँदै अन्तरिक्षको विकास नै समस्त मानवलाई फइदा पुग्ने हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-

           चीनले 26 वटा मुलुक तथा क्षेत्रसँग 71 वटा अन्तरिक्ष सहयोग सन्धिमा हस्ताक्षर गरिसकेको छ। धेरै मुलुकलाई उपग्रह तथ्याङ्कनुसार सेवा उपलब्ब गराएको छ। चीनले विकासोन्मुख मुलुक लगायत संसारका विभिन्न मुलुकसँग अन्तरिक्ष प्रविधि उपलब्ध गर्दै आर्थिक विकासको अनुभवलाई प्रबर्द्धन गर्ने आशा लिएको छ। चीनले अन्तरिक्षमा सहभागी हुने, सहयोग तथा विकास गर्ने सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय अन्तरिक्षको आदान प्रदान तथा सहयोगलाई सबल पार्ने आशा पनि लिएको छ। त्यसैगरी अन्तरिक्ष विकासको उपलब्धीले समस्त मानवलाई फइदा पुर्‍याउँछ।

             अन्तर्राष्ट्रिय खगोलशास्त्री संघका अध्यक्ष कियोशी हिगुचीले अन्तर्राष्ट्रिय खगोलशास्त्री संघको प्रतिनिधित्व गरेर चिनियाँ राष्ट्रिय अन्तरिक्ष व्यूरोका प्रमुख माइ सिन री तथा "यात्री एक नम्बर"को प्रमुख प्रविधिक एडवार्ड सी स्टोनलाई बेग्लाबेग्लै रुपमा अलान डी इमी स्मृति पुरस्कार र विश्व अन्तरिक्ष पुरस्कार प्रदान गर्नुभयो।

             चिनियाँ राष्ट्रिय अन्तरिक्ष व्यूरोका प्रमुख माइ सिन रीले पुरस्कारका बारेमा प्रकाश पार्नुभयो। चिनियाँ अन्तरिक्ष कार्यको उपलब्धी नै चिनियाँ अन्तरिक्षसम्बन्धी व्यक्तिहरुले संयुक्त रुपमा प्रयास गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो-

            चिनियाँ अन्तरिक्ष कार्य र चिनियाँ अन्तरिक्ष प्रविधि तिब्र विकास भइरहेको छ। भविष्यमा चिनियाँ अन्तरिक्ष शक्ति तथा अन्तरिक्ष टोलीले अन्तरिक्ष स्थानको शान्तिपूर्ण प्रयोगलाई अझ धेरै योगदान दिनसक्ने छ। हामीले संसारको अन्तरिक्ष क्षेत्रका व्यक्तिसँग मिलेर अन्तरिक्ष स्थानको शान्तिपूर्ण प्रयोग गरी मानवलाई फइदा पुर्‍याउने इच्छा लिन्छौँ।

            अन्तर्राष्ट्रिय खगोलयात्रा सम्बन्धी सम्मेलनलाई अन्तरिक्ष क्षेत्रको "ओलम्पिक" भनिन्छ। हरेक वर्ष आयोजना हुने यो सम्मेलन 17 वर्षपछि पुन चीनमा आयोजित भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह