फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समस्त विश्वको बाल श्रम समस्या गम्भिर भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ठहर

(GMT+08:00) 2013-09-24 19:03:18

           अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हिजो सोमबार जेनेभा मुख्यालय र बैंककमा वर्तमान समस्त विश्वको बाल श्रम स्थिति सम्बन्धी प्रतिवेदन एक साथ प्रकाशित गरेको छ। "बाल श्रम विरोधसँग सम्बन्धित प्रक्रिया" नामक प्रतिवेदनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् 2000 देखि समस्त विश्वको बाल श्रमको संख्या, विभाजित अवस्था, पेशा र उनीहरुको आम्दानी बीचको सम्बन्ध जस्ता विषयहरु जाँच्बुझ गरेको छ।

           अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् 2016 अघि सबभन्दा गम्भिर स्थितिमा रहेका बाल श्रमलाई हटाउनुका साथै बाल श्रमलाई व्यावहारिक रुपमा हटाउने उपाय निरन्तर खोज्ने सुझाव दिइसकेको थियो। सबभन्दा नयाँ जाँचबुझ प्रतिवेदन अनुसार सन् 2000 देखि समस्त विश्वको बाल श्रमको संख्या ठूलो रुपमा घटेको छ। तर वर्तमान विकास स्थितिअनुसार सन् 2016 मा सबभन्दा गम्भिर स्थितिमा रहेका बाल श्रमलाई हटाउने लक्ष्यलाई साकार तुल्याइन सकिँदैन। समस्त विश्वको बाल श्रम समस्या गम्भिर भइरहेको छ।

           सोही दिन अन्तर्राष्ट्रिय श्रम सङ्गठनका बाल श्रम समस्या सम्बन्धी उच्च स्तरीय विशेषज्ञन सिम्रिन सिंहले बैंककमा उक्त प्रतिवेदनको जनकारी दिनुभयो-

           हालै सम्स्त विश्वमा 16 करोड 80 लाख बालश्रम छन्। त्यसैले सारा संसारमा हरेक दश जना बालकमध्ये एकजना बालश्रम छन्। तर सन् 2000 मा बाल श्रमको सँख्या 24 करोड 60 लाख थियो। त्यसबाट हामीले बाल श्रमको संख्या ठूलो रुपमा घटेको देख्नसक्छौँ। तर पनि अझै ठूलो संख्यामा बालश्रम रहेका छन् त्यसैले हामीले सन् 2016 मा सबभन्दा गम्भिर स्थितिमा रहेका बालश्रमलाई हटाउने लक्ष्यलाई साकार तुल्याउन सकिँदैन।

           सिंहका अनुसार एशिया प्रशान्त क्षेत्रका बालश्रमको संख्या नै लैटिन अमेरिका, क्यारेबियन तथा सहाराको दक्षिण तिर पर्ने दक्षिण अफ्रिका क्षेत्रमा अत्यधिक छ। विश्व बाल श्रमका लागि केन्द्रीय क्षेत्र एशिया प्रशान्त क्षेत्र भएको उहाँले बताउनुभयो। सन् 2000 देखि यस क्षेत्रको बाल श्रमको संख्या ठूलो रुपमा कम भएतापनि खतरनाक काम गर्ने बालश्रमको संख्या लगभग 3 करोड 40 लाख पुगेर यस क्षेत्रमा बालश्रम समस्या गम्भिर भएको उहाँले बताउनुभयो-

            एशिया प्रशान्त क्षेत्रमा विश्वमै सबभन्दा धेरै बालश्रम छन्। यहाँ 7 करोड 80 लाख बालश्रम रहेका छन्। लगभग हरेक दश बालकमध्ये एक जना बालश्रम छन्। सन् 2000 मा रहेको बालश्रमको संख्या 14 करोडभन्दा अहिलेको बाल श्रमको संख्या धेरै कम भएपनि यो संख्या पनि अत्यधिक रहेको छ। हामी यो समस्याप्रति गम्भिर हुनुपर्छ।

           सिंहले सन् 2016 मा सबभन्दा गम्भिर स्थितिमा रहेका बालश्रमलाई हटाउने लक्ष्यलाई साकार तुल्याउन नसेकता पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा विभिन्न मुलुकसँग सम्बन्धित नीति तथा कदमलाई सबल पार्ने आशा लिइएको औँल्याउनुभयो। उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो वयस्कको रोजगारलाई बढी पार्ने, श्रमको संरक्षणलाई पूर्णता दिने र शिक्षाको गुणलाई उकास्ने काम गर्न आवश्यक छ। त्यसैगरी विभिन्न मुलुकले बाल श्रमसंख्या व्यवहारमा कम पार्नुपर्ने पनि उहाँले औँल्याउनुभयो। चीनले यस क्षेत्रमा प्राप्त गरेको उपलब्धी उलेखनीय भएको उहाँले ठहर गर्नुभयो

           चीनमा काम गर्नका लागि 16 वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ । मेरो विचारमा चीनले बालबालिकहरुको शिक्षा प्राप्त गर्ने अधिकारमा महत्वपूर्ण प्रयास गरेको छ। त्यसैले शिक्षामार्फत बालश्रम समस्याको समाधान गर्न चीनले लिएको बाटो उदाहरणीय छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह