फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको 68औँ महासभा सुरु

(GMT+08:00) 2013-09-25 18:51:20

           हिजो मंगलबार संयुक्त राष्ट्र संघको 68औँ महासभाको साधारण बहस न्यूयोर्कमा सुरु भयो। बहसको मुख्य विषय-वस्तु "सन् 2015 पछिको विकास कार्यसूचीका लागि तयार" रहेको छ। संयुक्त राष्ट्र संघका 1 सय 93 वटा सदस्य मुलुक, सदस्यविहीन पर्यवेक्षक मुलुक, पर्यवेक्षक तथा केही पर्यवेक्षक सङ्गठनका प्रतिनिधिले संयुक्त राष्ट्र संघको मुख्यालयमा भेला भएर वर्तमान अन्तर्राष्ट्रिय समाजले भोगिरहेका महत्वपूर्ण समस्यबारे वैचारिक छलफल गरिरहेका छन्।

           संयुक्त राष्ट्र सैघका महासचिव वान कि मुनले उद्घाटन समारोहमा सम्बोधन गर्दै सन् 2015 सम्ममा संसारका विभिन्न मुलुकद्वारा प्रतिवद्धता व्यक्त गरेको सहश्राब्दी विकास लक्ष्यलाई साकार तुल्याइने अन्तिम समय भएको बताउनुभयो। सहश्राब्दी विकास लक्ष्यले उल्लेखनीय उपलब्धि प्राप्त गर्दा विकासबारे केही नकारात्मक धारणा हटाएको उहाँले भन्नुभयो। तर केही लक्ष्य प्राप्त गर्न नसकिएकाले सहश्राब्दी विकास लक्ष्यलाई व्यवहारमा उतार्नु पर्ने उहाँले औँल्याउनुभयो। त्यसबाहेक सन् 2015 सम्म संसारका विभिन्न मुलुकमा नयाँ विकास कार्यसूची अनुमोदन हुने र नयाँ विकास कार्यसूचीले सहश्राब्दी विकास लक्ष्य जस्तै बढाउने भूमिमा निर्वाह गर्न उच्च प्राथमिकता दिनुपर्ने उहाँले व्यक्त गर्नुभयो।

          68औँ संयुक्त राष्ट्र संघको महा सभाका अध्यक्ष जोहन डब्लु आसेले सन्2015 पछिको कार्यसूची बनाउन संयुक्त राष्ट्र संघको प्राथमिक कार्य तथा दीर्घकालीन प्रभावकारिताका लागि महत्वपूर्ण भएको बताउनुभयो। नयाँ विकास कार्यसूचीले गरिबीलाई हटाउने मुख्य लक्ष्य राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै आर्थिक बृद्धि तथा समान अवसर र समाजको समावेशी तथा वातावरणको संरक्षण बीचमा अविभाजित सम्पर्कबारे विचार लिनु पर्ने उहाँले भनाइ रहेको छ।

            सो अवसरमा बोल्ने सबै व्यक्तिले सिरियाली रासायनिक हतियार समस्या उठाएका थिए। महासचिव वानले उद्घाटन समारोहमा संसारका विभिन्न मुलुकले सिरियाली रासायनिक हतियारलाई अनुगमन , व्यवस्थापन तथा नष्ट गर्न टुङ्गो गर्नु पर्ने बताउनुभयो। सिरियाली भिडन्तका दुई पक्षलाई हतियार पठाउने कार्वाहीलाई रोक गरिनुपर्छ र दुवै पक्ष वार्तामा बस्नुपर्छ भन्ने कुरामा उहाँले जोड दिनुभयो। राजनैतिक उपाय नै सिरियाली संकटलाई समाधान गर्ने एक मात्र उपाय भएको भन्दै दोस्रो सिरिया समस्या जेनेभा अन्तर्राष्ट्रिय सम्मेलन छिटो आयोजना गर्नुपर्ने उहाँले औँल्याउनुभयो।

           सिरियाली संकट बाहेक इरान आणविक समस्या पनि पहिलो दिनको सम्मेलनको अर्को महत्वपूर्ण विषय रहेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले दौत्य तरिकामार्फत इरान आणविक समस्याको समाधानमा प्रयास गर्न दृढताकासाथ विश्वास गर्नुभयो। सोही दिन इरानका राष्ट्रपति हसन रोहानीले इरान आणविक योजना शान्तिपूर्ण उद्देश्यका लागि भएको पुनःपुष्टि गर्नुभयो। इरानले आणविक हतियार तथा अरु नरसंहारको हतियार प्रयोग गर्दैन किनभने यस कार्यक्रमले हाम्रो धर्मिक विश्वासलाई विरोध गरेको छ उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय समाजले इरानी जनताद्वारा आणविक शक्तिको प्रयोग अधिकारलाई समान्न गर्नुपर्ने उहाँले जोड दिनुभयो।

            चालु वर्ष 130 भन्दा बढी राष्ट्रनायक तथा सरकारी नेतागणले संयुक्त राष्ट्र संघको महासभामा भाग लिएका छन् । साथै 60 भन्दा बढी बिदेशमन्त्रीले सो महासभालाई सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्र संघको 68औँ महासभाको छलफल समान्य रुपमा आठ दिनसम्म चल्नेगर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह