फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षले दक्षिण-पूर्वी एशियाको भ्रमण गर्नुहुने

(GMT+08:00) 2013-09-30 10:40:15

      अक्टोबर महिना दुई तारिखदेखि आठ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले इन्डोनेशिया र मलेशियाको राजकीय भ्रमण गर्नुहुनेभएको छ। साथै बालि टापुमा आयोजना हुने एशिया-प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठनको 21औं शिखर सम्मेलनका दौरान बैठकमा पनि सहभागी हुनुहुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार, चीन र इन्डोनेशिया, चीन र मलेशियाबीचको सम्बन्धलाई चौतर्फी रुपमा गहन पार्न, चीन-आशियान सम्बन्धलाई अगाडि बढाउनका लागि यस भ्रमणको महत्वपूर्ण अर्थ रहेको छ। एशिया-प्रशान्त क्षेत्रीय आर्थिक विकासलाई घच्घच्याउन, क्षेत्रीय सहयोग प्रक्रियालाई अघि बढाउन यस भ्रमणले महत्वपूर्ण प्रभाव पार्नेछ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      29तारिख दिउँसो आयोजित परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा उपमन्त्री लिउ चेन मिनले यसरी जानकारी दिनुभयो—

     "इन्डोनेशिया र मलेशिया चीनका असल छिमेकी मित्र हुन्। चीन सरकारले यी दुइ मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धको विकासमा उच्च महत्व दिएको छ। राष्ट्राध्यक्ष सीले गर्न लाग्नभएको यो भ्रमण दक्षिण-पूर्वी एशियाको पहिलो भ्रमण हुनेछ। जसले चीन तथा इन्डोनेशिया, चीन तथा मलेशियाबीचको सम्बन्धलाई गहिरो पार्न र चीन-आशियाको सम्बन्धलाई अगडि बढाउनका लागि भ्रमणले महत्वपूर्ण अर्थ राख्दछ।"

     "मित्रताको उत्ताधिकार र सहयोगको योजना"लाई मुख्य विषय बनाएर भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सीले दुइ मुलुकका नेतागणसँग वार्ता गर्नुका साथै अनेकन सहयोग सम्झौता-पत्रमा हस्ताक्षर गर्नुहुनेछ र साथै उहाँ उद्योग तथा वाणिज्य मञ्च, आर्थिक सहयोग शिखर सम्मेलन आदि कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।

      राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सीले एशिया-प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठनको 21औं शिखर सम्मेलनको अनौपचारिक बैठकमा पनि भाग लिनुहुनेछ। चालू वर्ष सम्मेलनको मुख्यविषयबस्तु "एशियाको जीवनशक्ति, विश्वको इन्जिन" भन्ने रहेको उप विदेशमन्त्री लि पाउ तुङ्गले जानकारी दिनुभयो—

     "वर्तमान अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिको अस्थीरता र अनिश्चितताले एशिया-प्रशान्त क्षेत्रीय नव उदियमान अर्थमा प्रभाव पार्ने सम्भावना छ। जसबाट बजारमा उतार-चढाव पनि हुने सम्भावना छ। त्यसैले चालू वर्षको एपेक सम्मेलनमा कुन कुन विषयबारे छलफल गर्ने भन्ने कुरा अन्तर्राष्ट्रिय समाजद्बारा नजर पुर्‍याइएको विषय हो।"

      राष्ट्राध्यक्ष सीले पहिलोपटक एपेक सम्मेलनमा भाग लिन लाग्नुभएको हो। प्राप्त जानकारीअनुसार, यसपटकको शिखर सम्मेलनमा उहाँले विश्वव्यापी आर्थिक परिस्थिति, बहुपक्षीय व्यापार परिपाटीलाई सबल पार्न एपेकको प्रभाव आदि विषयबारे चीनको अवधारणा बारे व्याख्या गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह