फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र औपचारिक रुपमा सञ्चालन

(GMT+08:00) 2013-09-30 14:24:04

      चीनको शाङहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र सेप्टम्बर 29 तारिखका दिन औपचारिक रुपमा अनावरण भएको छ। जसबाट चिनियाँ मुख्य भूमिमा पहिलो साँचिकै स्वतन्त्र व्यापार क्षेत्र औपचारिक रुपमा सञ्चालन भएको छ। अनावरण समारोहमा स्वतन्त्र व्यापार क्षेत्रमा प्रवेश भएका पहिलो खेपका 36 वटा व्यवसायका प्रतिनिधिहरुले पनि भाग लिएका छन्। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      शाङ्गहाई स्वतन्त्र व्यापार क्षेत्रको कुल क्षेत्रफल 28.78 वर्गकिलोमिटर पुगेको छ। 

      29 तारिखमा शाङ्गहाइ स्वतन्त्र व्यापार क्षेत्रमा अनावरण समारोहको आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टीको राजनैतिक व्यूरोका स्थायी सदस्या एवम् शाङ्गहाइ शहरीय शाखाका महासचिव हान चेङ्गले समारोहमा शाङ्गहाई स्वतन्त्र व्यापार क्षेत्रको अनावरण गर्नुभएको छ। साथै समारोहमा चीनका वाणिज्य मन्त्री काउ हु छङले शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको स्थापना नै चीनमा सुधार तथा खुपालनको नयाँ कदम भएको बताउनुभयो।

     "चिनियाँ शाङ्गहाई स्वतन्त्र व्यापार क्षेत्रको स्थापना चीनले सुधार तथा खुलापनको नयाँ परिस्थितिमा विश्व आर्थिक तथा व्यापारिक विकासको नयाँ प्रवृत्तिसँग अनुकूल गरेर अझ सक्रिय खुलापन रणनीतिलाई व्यवहारमा उतार्ने एउटा महत्वपूर्ण कदम हो।"

      सोही दिनको समारोहमा स्वतन्त्र व्यापार क्षेत्रमा प्रवेश भएका पहिलो खेपका 36 वटा व्यवसायका प्रतिनिधिहरुले पनि भाग लिएका छन्। जसबाट यी व्यवसायहरु औपचारिक रुपमा सञ्चालन हुनसक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह