फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र विदेशी विशेषज्ञहरुबीचको वार्ता

(GMT+08:00) 2013-10-01 19:03:24

      सेप्टेम्बर महिनाको 30 तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले पैचि‌ङस्थित जनवृहत् सभा भवनमा चीन सरकारको "मैत्री पुरस्कार सन् 2013"प्राप्त गरेका विदेशी विशेषज्ञहरुसँग भेट-वार्ता गर्नुभएको छ। वर्तमान चीनले श्रेष्ठ व्यक्ति र नरम शक्तिलाई माथि उकास्नेमा अझ महत्व दिएको प्रधानमन्त्री लीले बताउनुभएको छ। उहाँका अनुसार, चीन सरकारले प्रयासमा व्यवस्थापन र सेवालाई सुधार गरेर चीनमा कार्य गर्ने र बस्ने विदेशी विशेषज्ञलाई अझ राम्रो वातावरण र समर्थन दिनेछ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      सेप्टेम्बर 30 तारिखका दिन चीन सरकारले राष्ट्रिय दिवस समारोहको आयोजना गर्नुअघि प्रधानमन्त्री लीले चीनका लागि 22 वटा मुलुकका नयाँ राजदुतहरु र चालू वर्ष चीनको सरकारी "मैत्री पुरस्कार"प्राप्त गरेका विदेशी विशेषज्ञहरुसँग भेट-वार्ता गर्नुभयो।

     "मैत्री पुरस्कार" चिनियाँ आर्थिक निर्माण र सामाजिक विकासमा ठूलो योगदान गरेका विदेशी विशेषज्ञका लागि विशेष गरी स्थापना भएको पुरस्कार हो। चालू वर्ष बीस मुलुकबाट आएका 50 जना विशेषज्ञले उक्त पुरस्कार पाएका छन्।

      भेट-वार्ताको सुरुवातमा प्रधानमन्त्री लीले विदेशी विशेषज्ञहरुलाई राष्ट्रिय दिवस समारोहमा संलग्न हुन फेरि एक पटक आमन्त्रण गर्नुभयोः

     "मैले तपाईंहरुलाई जन गणतन्त्र चीनको 64औं वार्षिकोत्सव राष्ट्रिय दिवस समारोहमा संलग्न हुन फेरि औपचारिक रुपमा आमन्त्रण गर्दछु। चीनमा सुधार तथा खुलापनको नीति भएदेखि यता, विशेष गरी केही वर्षमा हासिल गरिएका उपलब्धिमा तपाईंहरुको प्रयास र योगदान निकै प्रसंशनीय छ। मैले चिनियाँ जनताको प्रतिनिधित्वमा तपाईंहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्छु।"

      प्रधानमन्त्री लीका अनुसार, वर्तमान चीन आधुनिकीकरणको महत्वपूर्ण अवधिमा छ। चीनले निरन्तर खुलापनलाई विस्तार गर्दै जानेछ। सुधार र खुलापन भएदेखि यता चीनले विदेशी बौद्धिक विशेषज्ञ भित्र्याउनुलाई दीर्घकालीन रणनैतिक कार्य बनाएको छ। चीन सरकारले प्रणाली सुधारलाई निरन्तर गहन पारेर बजारमूलक उपायद्बारा विविध विशिष्ट व्यक्तिको सिर्जनात्मक सक्रियतालाई बढाउँदै जानेछ।

      उहाँले विशेषज्ञहरुप्रति आफ्नो प्रतिज्ञा र वचन्वद्धता यसरी व्यक्त गर्नुभयो—

     "तपाईंहरुलाई चीनको मध्य-पश्चिमी भागको विकासमा भाग लिनको लागि स्वागत छ। साथै भित्री मागलाई विस्तार गर्ने र मध्य-पश्चिमी भागको विकास गर्ने नीतिबारे तपाईंहरुले विश्वमा जानकारी फैलाउनुहुने आशा गर्छु। हाम्रो नीति स्वतन्त्र आवत-जावत हो। उदाहरणका लागि तपाईंहरुले विदेशमा बसेर अल्पावधिमा चीनमा कार्य गर्नुहुन्छ। वा चीनको पूर्वी भागमा बसेर अल्पावधिमा मध्य-पश्चिमी भागमा कार्य गर्नुहुन्छ। चिनियाँ जनताले मैत्रीपूर्ण सम्बन्धमा महत्व दिएको छ। तपाईंहरुको योगदान हामी विर्सन सक्दैनौ। तपाईंहरुले चीनलाई आफ्नो दोस्रो जन्म थलो बनाउने आशा गर्छौं।"

      विदेशी विशेषज्ञले चीनको आधुनिकीकरण प्रक्रियामा निरन्तर र सक्रिय रुपमा भाग लिएर योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह