फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक विकासद्बारा इन्डोनेशियालाई फाइदा पुग्ने-चीनका लागि इन्डोनेशियाका भूतपूर्व राजदूत

(GMT+08:00) 2013-10-02 14:24:41

      चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अक्टोबर दुई तारिखदेखि इन्डोनेशिया र मलेशियाको राजकीय भ्रमण थाल्नुभएको छ। साथै उहाँले बालि टापूमा आयोजना हुने 21औं एपेक शिखर सम्मेलन-2013 मा पनि सहभागिता जनाउनुहुनेछ। भ्रमणअघि चीनका लागि इन्डोनेशियाका भूतपूर्व राजदुत सुद्राजातले सी.आर.आईलाई अन्तर्वार्ता दिंदै चीनको आर्थिक विकासले वरिपरिका छिमेकी मुलुकलाई फाइदा पुर्‍याएर चिनियाँ संकल्पना जतिसक्दो छिटो साकार तुल्याउने आशा इन्डोनेशियाले गरेको बताउनुभएको छ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्-

     "चार वर्षे कार्यावधिमा मैले लगभग चीनका हरेक प्रान्त पुग्ने मौका पाएको थिएँ। चीनका विभिन्न तहका अधिकारीहरुसँग भेट-वार्ता गरेर यिनीहरुले आपसी प्रयासमा चीनको विकास गर्ने साझा अवधारणा लिएको मैले पाएँ। त्यसैले हरेकवर्ष चीनको सरदर वृद्धि दर दशप्रतिशतभन्दा हुँदै गएकोमा मलाई कुनै आश्चर्य लाग्दैन।"

      सन् 2006 देखि 2010 सम्म चीनका लागि इन्डोनेशियाली राजदुतको कार्यभार सम्हाल्नुभएका सुद्राजात हाल इन्डोनेशिया-चीन साँस्कृतिक तथा आर्थिक आदान-प्रदान संघका उपाध्यक्ष हुनुहुन्छ। सन् 2005 मा चीन र इन्डोनेशियाबीच रणनैतिक साझेदारी सम्बन्धको स्थापना भएर द्बीपक्षीय सम्बन्ध तीव्र विकासको अवधिमा प्रवेश गरेको छ। रणनैतिक साझेदारी सम्बन्धले द्बीपक्षीय अर्थतन्त्र तथा व्यापारको विकास गरेको उपाध्यक्ष सुद्राजातले व्यक्त गर्नुभएको छ।

      उहाँका अनुसार, आर्थिक विकासद्बारा चीनको पुनरुत्थान हुनुका साथै वरिपरिका क्षेत्रको आर्थिक वृद्धिको इन्जिन पनि बनेको छ। चिनियाँ संकल्पले वरिपरिका मुलुकलाई पनि फाइदा पुर्‍याउनेछ। संकल्पलाई साकार तुल्याउनका लागि इन्डोनेशियाले चीनसँग सँगै प्रयास गर्ने इच्छा लिएको छ।

      राष्ट्राध्यक्ष सीले दक्षिण-पूर्वी एशियाको भ्रमणमा पहिलो इन्डोनेशियाको भ्रमण गर्ने कुरा भन्दा पनि भविष्यमा दुई मुलुकको विकासका लागि यस भ्रमणको निकै महत्वपूर्ण अर्थ रहेको र विभिन्न क्षेत्रमा दुई मुलुकको सहयोगलाई गहन पार्ने कुरा उहाँले बताउनुभएको छ।

    "यो इन्डोनेशिया र चीनबीचको मित्रतामा गहनता, स्थिरता र संतोषको चिन्ह हो। दुई मुलुकबीच साँच्चिकै रणनैतिक साझेदारी सम्बन्ध भएका हुनाले राष्ट्राध्यक्ष सीले पहिलो पटक इन्डोनेशियाको भ्रमण गर्नुहुँदैछ। यस भ्रमणले यस सम्बन्धलाई गहन पार्ने आशा गर्छु।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह