फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो "पर्यटन कानून" औपचारिक रुपमा कार्यान्वयन

(GMT+08:00) 2013-10-02 15:05:36





       अक्टोबर एक तारिखदेखि चीनमा पहिलो पटक "पर्यटन कानून" चौतर्फी रुपमा व्यवहारमा उतारिएको छ। यस कानूनले पर्यटक र पर्यटकीय व्यवसायीको वैध अधिकार तथा नाफाको सुरक्षा गर्ने, पर्यटकीय बजारको परिपाटीलाई नियमन गर्ने, सभ्य रुपमा पर्यटकीय गतिविधि गर्ने र चीनको पर्यटन उद्योगको स्वस्थ विकासलाई घच्घच्याउने अपेक्षा गरिएको छ। अब यस विषयसम्बन्धी थप विवरण सुन्नुहोस्—

      नयाँ कानून अनुसार, पर्यटन एजेन्सीले असामान्य सस्तो भाउद्बारा पर्यटकलाई आकर्षित गरेर शपिङ्ग वा पुनः पैसा तिर्नुपर्ने जस्ता गतिविधि गरेर उनीहरुलाई फसाउन पाइने छैन। पर्यटन एजेन्सी वा पथ प्रदर्शकले पर्यटकलाई आफ्नो निश्चित पसलमा किन्न बाध्य पार्नेछैन र अतिरिक्त पैसा तिर्नुपर्ने कार्यक्रम तयार गर्न पाइने छैन। यदि यी दुइटा विषय उल्लंघन गरेमा पर्यटकले किनिएको सामग्री अस्वीकार गर्नसक्ने वा यात्रापछिका तीस दिनमा फर्काउन पाउनेछ। साथै किन्न बाध्य पार्ने पर्यटन एजेन्सीले बढीमा तीन लाख चिनियाँ युआनको सजाय व्यहोर्नुपर्नेछ।

      हाल चिनियाँ पर्यटन उद्योग तिव्र गतिमा विकसित हुँदै गएको छ। सन् 2012 मा चीनभित्रको पर्यटन बजार विश्वको पहिलो स्थानमा पुगेको थियो। घुम्न विदेश जाने चिनियाँ पर्यटकको संख्या आठ करोडभन्दा बढी पुगेर विश्वमा तेस्रो स्थानमा परेको छ। यस्तो पृष्ठभूमिमा पर्यटन कानूनको महत्व पर्यटकको वैध फाइदाको सुरक्षा गर्ने भन्ने कुरा चिनियाँ पर्यटन अनुसन्धान विद्यालयका प्रमुख दाइ बिनले व्यक्त गर्नुभएको छ।

      साथै पर्यटनका क्रममा धेरै असभ्य गतिविधि पनि देखाइएको छ। नयाँ पर्यटन कानूनमा पर्यटकले स्थानीय साझा परिपाटीको पालना, स्थानीय रीतिरिवाज, साँस्कृतिक परम्परा तथा धर्मको सम्मान, पर्यटकीय श्रोत-साधनको माया र पर्यावरणीय वातावरणको सुरक्षा गर्नुपर्ने विषय पनि उल्लेख गरिएको छ। चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोका प्रमुख शाउ छी वैले यसरी भन्नुभयो—

     "मानव समाजबीच विभिन्न सँस्कृतिको आदान-प्रदानका क्रममा आपसी सदभाव तथा सम्मान भाव राख्नुपर्छ। पर्यटन शान्ति र मित्रताको पुल हो। चिनियाँहरुले विश्वसामु राम्रो छाप छोड्ने आशा हामीले गरेका छौं।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह