![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले तीन तारिख इण्डोनेशियामा महत्वपूर्ण भाषण गर्नुभएको छ। लगभग तीस मिनेट लामो भाषणमा राष्ट्राध्यक्ष सीले चीन र आशियान मुलुकबीचको सम्बन्धलाई जोड दिँदै इण्डोनेशिया तथा अन्य आशियान मुलुकसँगसँगै शान्ति र संकट पार गर्दै यी दुबै पक्षबीचको अझ घनिष्ट सम्बन्धको निर्माण तथा क्षेत्रीय जनताका लागि अझ बढी फाइदा पुर्याउने दिशामा प्रयास गर्दै जाने आशा प्रकट गर्नुभएको छ।
"सबैलाई नमस्कार। यो मेरो दक्षिण-पूर्वी एशिया यात्राको पहिलो गन्तव्य मात्र नभई मैत्रीपूर्ण सम्बन्धको प्रचारप्रसार तथा सहयोगको योजना यात्रा पनि हो।"
राष्ट्राध्यक्ष सीको उक्त भाषण अक्टोबर तीन तारिख विहान इण्डोनेशियाको संसदमा प्रस्तुत भएको हो। थाहा भएअनुसार इण्डोनेशियाले विदेशी मुलुकका नेतालाई आफ्नो संसदमा भाषण गर्न निमन्त्रणा गरेको यो पहिलो पटक हो। इण्डोनेशियायी साँसद,सरकारी आयोगका मुख्य पदाधिकारी,विकास तथा अनुसन्धान क्षेत्रका विद्बान र विशेषज्ञ,विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी लगायत लगभग नौ सयभन्दा बढी जनाले तत्स्थान गएर राष्ट्राध्यक्ष सीको उक्त भाषण सुनेका थिए।
यस वर्षको मार्च महिनामा राष्ट्राध्यक्षको पद सम्हालेयता सीले दक्षिण-पूर्वी एशियाको यात्रा गरेको यो पहिलो गन्तव्य मुलुक हो। उक्त भाषणमा राष्ट्राध्यक्ष सीले चीन र इण्डोनेशियाबीचको सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दै इण्डोनेशियाको स्थानीय जातीय गीत "सुन्दर थोरेउ नदी"को बोललाई उद्धृत गर्दै यी दुबै मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध थोरेउ नदी जस्तै लामो भएको संकेत गर्नुभयो। विशेष गरी इण्डोनेशियाको आचेह भूकम्प तथा चीनको वन छ्वान भूकम्पमा देखापरेका विविध वास्तविक घटनाबाट यी दुबै मुलुकका जनताले संयुक्त रुपमा कठिनाई पार गरेको प्रतिबिम्बित भएको राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।
"चीन र इण्डोनेशियाले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी सहयोगलाई लगातार सबल पार्दै गएका छन्। इण्डोनेशियाली जनताको एक उखान भनेको सजिलोसँग पाउन सकेता पनि असल साथी खोज्न गाह्रो छ। यी दुबै मुलुकका जनताबीचको मित्रता पनि मूल्यवान छ। "
यस वर्ष चीन र आशियानबीचको रणनैतिक साझेदारी सम्बन्ध स्थापित भएको दशौं वार्षिकोत्सव हो। इण्डोनेशिया र चीनबीचको सम्बन्धको भावी विकास राष्ट्राध्यक्ष सीको उक्त भाषणको महत्वपूर्ण विषय हो। यस सन्दर्भमा यी दुबै पक्षले आपसी विश्वास लिइ सहयोग गर्नसक्ने धारणा राष्ट्राध्यक्ष सीले राख्नुभयो।
राष्ट्राध्यक्ष सीका अनुसार चीन र आशियान मुलुक विविधिकरण क्षेत्रमा परेका छन् भने यी दुबै पक्षले आपसी सम्मान दिई खुल्ला तथा एकीकृत भावनाले क्षेत्रीय सहयोग गर्नसक्ने छन्।
"हामीले सकारात्मक रुपमा अन्य क्षेत्रसँग विकास सम्बन्धी अनुभव सिक्नुका साथै क्षेत्रीय विकासको स्थिरताका लागि रचनात्मक भूमिका सिर्जना गर्नसक्छौं। साथै हरेक मुलुकले क्षेत्रीय विविधतालाई सम्मान दिनुपर्छ। चीन र आशियानले आ-आफ्ना श्रेष्ठता सिर्जना गरेर क्षेत्रीय तथा विश्वका विभिन्न मुलुकका जनताका लागि योगदान गर्नसक्ने छन्। "
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |