फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेकको समापन समारोहमा चिनियाँ राष्ट्राध्यक्षको सम्बोधन

(GMT+08:00) 2013-10-08 18:04:45

        चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेशियाको बाली टापूमा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको औद्योगिक तथा वाणिज्य शिखर सम्मेलन अर्थात् एपेक शिखर सम्मेलनमा भाग लिनुभई 'सुधार तथा खुलापनलाई गहन पारी एशिया-प्रशान्तको उज्ज्वल भविष्य बनाऔं' शीर्षकमा मन्तव्य दिनुभयो। आफ्नो मन्तव्यमा राष्ट्राध्यक्ष सीले सही दिशातिर सुधार तथा खुलापन गर्दै चीनको अर्थतन्त्रको दिगो तथा स्वस्थ विकास गर्न दृढ विश्वास लिँदै जाने कुरामा जोड दिनुभयो। एशिया-प्रशान्त क्षेत्रका साथीहरुसँगसँगै मिलेर विश्वलाई नेतृत्व गर्ने, विभिन्न पक्षलाई लाभान्वित हुने र सन्तानको हितकल्याण बनाउने एशिया प्रशान्तको उज्जवल भविष्य सिर्जना गर्ने आशा चीनले लिएको उहाँले बताउनुभयो। अब सुनौँ, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

         एपेक शिखर सम्मेलनको समापन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दिनुभएको अन्तिम मन्तव्यबाट एशिया-प्रशान्त क्षेत्रमा 'चिनियाँ सम्बोधन'लाई महत्व दिइएको प्रतिविम्वित गरिएको छ। बाली टापूमा आयोजित उक्त शिखर सम्मेलनप्रति एशिया-प्रशान्त लगायत विश्वले ठूलो आशा लिएको छ।

          चिनियाँ राष्ट्राध्यक्ष सीको मन्तव्य हरेक सदस्य मुलुकको हितसँग घनिष्ट सम्बन्ध राखिएको एशिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रबाट शुरु भएको थियो। वर्तमान विश्वको आर्थिक पुनरुत्थान कठिन रुपमा भैरहेको र एशिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रसामु नयाँ चुनौती देखा परेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। विकसित आर्थिक एकाइ होस् वा विकासोन्मुख आर्थिक एकाइले आर्थिक बृद्धिको नयाँ शक्तिलाई खोजिरहेको बताउँदै राष्ट्राध्यक्ष सीले भन्नुभयो

     'आर्थिक बृद्धिलाई अघि बढाउने शक्ति कहाँ पाइन्छ? मेरो विचारमा सुधार, आर्थिक परिवर्तन तथा नवीकरणबाट मात्रै यस्तो शक्ति पाउन सकिन्छ। एशिया-प्रशान्त क्षेत्रको आर्थिक एकाइले अरुभन्दा पहिले नवीकरणको विकास गर्ने, हितको मिलन गर्ने खुलस्त आर्थिक विकासलाई खडा गर्नुपर्छ। यसले गर्दा एशिया-प्रशान्त क्षेत्रको अर्थतन्त्र विश्वको आर्थिक पुनरुत्थान क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्न हुनेछ।'

          एशिया-प्रशान्त क्षेत्रको आर्थिक बृद्धि सुधार तथा नविकरणको भरमा पर्दछ भने चीनको आर्थिक विकास सुधार तथा खुलापनको भरमा मात्रै हुन्छ।

         सेन्टविटर्सवर्गमा आयोजित बीस मुलुक समूहको शिखर सम्मेलनदेखि बाली टापूमा आयोजित एपेक शिखर सम्मेलनसम्म चिनियाँ राष्ट्राध्यक्ष सीले पटकपटक भन्नुभएको छ चीनको अर्थतन्त्रप्रति आशाबादी छु। यसबारे ब्याख्या गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयो

        'चीनको अर्थतन्त्र विकासको नयाँ चरणमा प्रवेश भैसकेको छ र आर्थिक बनौटको परिवर्तन अझ गहन रुपमा चलिरहेको छ। यसका लागि निरन्तर रुपमा कठिनाइलाई पार गर्नुपर्छ। यस क्रममा परिवर्तनबाट ल्याइने दुःख र समस्या देखा पर्नु स्वाभाविकै हो। तर यी सबै गर्नुपर्ने काम हुन्। इन्द्रेणी पानीपछि मात्र देखिन्छ। अघि बढ्नको लागि चीनले सुधार तथा खुलापनलाई गहन तथा चौतर्फी रुपमा सफल पार्नुपर्छ।'

          एपेक परिवारका सदस्यहरुसामु चिनियाँ राष्ट्राध्यक्ष सीले कोर्नुभएको सुधार तथा खुलापनको चित्र स्पष्ट देखिन्छः

एक,

पाँच क्षेत्रमा सुधार गर्नुपर्छ। आर्थिक अवस्थाको सुधारलाई पूर्णता दिनु, प्रशासनिक अवस्थाको सुधारलाई अघि बढाउनु, प्रविधि तथा नवीकरण प्रणालीको स्थापना गर्नु, सामाजिक प्रत्याभूति प्रणाली तथा आधारभूत सार्वजनिक सेवारत प्रणालीलाई सुधार गर्नु र पर्यावरणीय वातावरणको संरक्षणलाई मजबूत पार्नु।

दुई,

अझ सकारात्मक खुलापन रणनीति लागू गर्नु। बैदेशिक व्यापारको सन्तुलित विकास गर्नु, लगानीको अन्तर्राष्ट्रिय सहयोग स्तरलाई उकास्नु, आगामी पाँच वर्षमा चीनबाट निर्यात हुने उत्पादित वस्तुमा संलग्न रकम दश खर्ब अमेरिकी डलर बनाउनु, बैदेशिक लगानीमा संलग्न रकम पाँच खर्ब अमेरिकी डलर बनाउनु, स्वतन्त्र व्यापार क्षेत्र रणनीतिको कार्यन्वयनलाई छिटो पारी छिमेकी मुलुकसँगको सम्पर्कलाई अघि बढाउनु—यसको लागि एशियामा पूर्वार्द्ध लगानी बैंकको स्थापना गर्ने प्रस्ताव चीनले प्रस्तुत गरेको हो र चीनले यसै क्षेत्रमा रहेका विकासोन्मुख मुलुकको पूर्वार्द्धको निर्माणको लागि रकम प्रदान गर्नेछ।

         चीनको विकासबाट एशिया-प्रशान्त क्षेत्रलाई अझ ठूलो मौका ल्याइने छ।

         प्रशान्तका दुई किनारा पार गर्ने तथा सम्बद्ध विभिन्न पक्षलाई लाभान्वित हुने क्षेत्रीय सहयोग प्रारुपको स्थापना गर्न चीन प्रयासरत छ भन्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयोः

       'प्रशान्त क्षेत्र ठूलो छ किनभने यसमा कुनै प्राकृतिक अड्चन पनि छैन। हामीले कृत्रिम अड्चन राख्नुहुँदैन। हामीले एशिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठनको नेतृत्वदायी तथा मेलमिलापको भूमिकालाई निर्वाह गरेर खुलापन तथा सहनशीलताको आधारमा क्षेत्रीय स्वतन्त्र व्यापारलाई प्रवर्द्धन गर्नुपर्छ। साथै हामीले क्षेत्रीय एकरुपता प्रक्रियालाई गहन पारेर प्रशान्त महासागरका दुई किनारामा अझ धनिष्ट साझेदारी सम्बन्ध राखेर एशिया-प्रशान्त क्षेत्रको दीर्घकालीन विकासलाई अघि बढाउनुपर्दछ।'

         संयुक्त विकास, खुलस्त विकास, सिर्जनात्मक विकास गर्नुपर्छ। एशिया-प्रशान्त क्षेत्रका साथीहरुसँगसँगै मिलेर विश्वलाई नेतृत्व गर्ने, विभिन्न पक्षलाई लाभान्वित हुने र सन्तानको हितकल्याण बनाउने एशिया प्रशान्तको उज्जवल भविष्य सिर्जना गर्ने आशा चीनले लिएको कुरा राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभयोः

         सन् 2014 मा चीनले एपेक अनौपचारिक सम्मेलनको संयोजन गर्ने छ।

         बाली टापूबाट पैचिङसम्म हुने एपेक सम्मेलनको मौका पारेर भविष्यमा चीनले आपसी वस्तुगत सहयोगलाई गहन पार्दै एशिया-प्रशान्त क्षेत्रको दीर्घकालीन विकासको उज्ज्वल भविष्यको सिर्जना गर्ने आशा पनि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह