फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेक शिखर सम्मेलनमा सी चिन फिङको सहभागीबारे चीनका परराष्ट्रमन्त्रीद्वारा चर्चा

(GMT+08:00) 2013-10-09 17:03:54

          गत अक्टोबर दुई तारिखदेखि आठ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इन्डोनेशिया र मलेशियाको औपचारिक भ्रमण गर्नुका साथै बालीमा आयोजित एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठन अर्थात् एपेकको एकाइसौँ अनौपचारिक सम्मेलनमा उपस्थित हुनुभयो। उहाँको सो भ्रमणका बारेमा चीनका परराष्ट्रमन्त्री वाङ यीले जानकारी दिनुभयो।

         परराष्ट्रमन्त्री वाङका अनुसार, राष्ट्राध्यक्ष सीको यो भ्रमण नै चीनका नयाँ केन्द्रीय नेताले दक्षिण-पूर्वी एशिया र एशिया तथा प्रशान्तमा गरेको एक महत्वपूर्ण कुटनीतिक कार्यक्रम हो, वरिपरि कुटनीतिक नयाँ स्थिति सिर्जना गरी एशिया तथा प्रशान्त क्षेत्रको सहयोगलाई बढाएर क्षेत्रीय विकास तथा समृद्धलाई सबल पार्न यो भ्रमणको लक्ष्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

          सात दिने अवधिमा राष्ट्राध्यक्ष सी लगभग पचास वटा द्वीपक्षीय र बहु-पक्षीय कार्यक्रममा उपस्थित हुनुभयो र विभिन्न क्षेत्रका व्यक्तिसँग व्यापक रुपमा सम्पर्क गरी महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो। परराष्ट्रमन्त्री वाङले भ्रमणले महत्वपूर्ण उपलब्धि हासिल गरेको व्यक्त गर्नुभयो। उहाँका अनुसार भ्रमणको उपलब्धि यस प्रकार छन्:

          पहिलो, चीन र इन्डोनेशिया तथा मलेशियाबीचको सम्बन्धलाई अझै घनिष्ट बनाइएको छ। भ्रमणका अवसरमा राष्ट्राध्यक्ष सीले दुई देशका नेतासँग बेग्लाबेग्लै गहिरो वार्ता गरी चीन-इन्डोनेशिया र चीन-मलेशिया द्वीपक्षीय सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा ल्याउने निर्णय गरिएको छ। साथै चीनले बेग्ला बेग्लै गरी दुई मुलुकसँग आर्थिक तथा व्यापारिक सहयोगका पाँच वर्षीय योजनामा हस्ताक्षर गरेर नयाँ साझेदारी लक्ष्य र मुख्य क्षेत्रको निश्चित गरेको छ।

         दोस्रो, चीन र आशियानका विभिन्न मुलुकबीचको सम्बन्धको नयाँ लक्ष्यको निश्चित गरेको छ। चीन र आशियानबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको हाल दश वर्ष भएको छ। दुवै पक्षबीचको सम्बन्ध अहिले नयाँ सुरुवातमा आएको छ। राष्ट्राध्यक्ष सीले आशियानसँग चीनको नीतिबारे चौतर्फी रुपमा प्रकट गरी छिमेकी मुलुकसँग असल सम्बन्ध विकास गर्नेमा अडिग रहने कुरामा जोड दिनुभयो। चीनले आशियान मुलुकलाई अरु खुला गरी चीन-आशियान स्वातन्त्र व्यापारिक क्षेत्रको स्तरलाई माथि उकासेर सन् 2020 सम्म दुई पक्षबीचको व्यापारिक मात्रालाई दश अर्ब अमेरिकी डलर पुर्‍याउनेछ। साथै चीनले एशिया आवश्यक प्रबन्ध लगानी बैङ्कको स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। आशियान मुलुकसँग समुद्री सहयोगी साझेदारी सम्बन्धको राम्रोसँग विकास गरी एकाइसौँ शताब्दीको "समुद्री रेशम मार्ग" निर्माण गर्ने इच्छा पनि चीनले लिएको छ।

        तेस्रो, एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठनको नयाँ विकास हुन नेतृत्व गरेको छ। राष्ट्राध्यक्ष सीले खुलापन अर्थतन्त्रको संरक्षण तथा विकास गरी नैतिक समन्वय, विकास जोडिने, आपसी सहयोग बढाउने विकास ढाँचालाई विकास गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। साथै उहाँले आर्थिक ढाँचा सुधार गरी व्यापारिक संरक्षणबाद विरोध गरेर प्रशान्त महासागरका दुई किनारमाथि ओकटेको एशिया तथा प्रशान्त क्षेत्रीय अन्तःसम्बन्धको निर्माण गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो।

         चौथो, चीनको आर्थिक विकासको नयाँ भविष्य देखाएको छ। विभिन्न पक्षले भविष्यमा चीनको आर्थिक विकासमाथि ध्यान दिएका छन्। त्यसका लागि राष्ट्राध्यक्ष सीले स्थिर हुनुका साथै बृद्धि हुने चीनको समष्टिगत आर्थिक अवस्थाबारे जानकारी दिनुभयो।

          यसबाहेक राष्ट्राध्यक्ष सीले चाइनिज ड्रीम र एशियाली विभिन्न मुलुकका जजताले शान्ति, समृद्ध र खुशी खोज्ने ड्रीमबीच समान रहेको कुरामा जोड दिनुभयो। साथै उहाँले चीनले एशिया र विश्वलाई ल्याएको विकास मौका हो तर धम्की होइन भन्दै चीनले आशियान, एशिया र विश्वसँग विकासको उपलब्धिको बाँड्ने इच्छा लिएको बताउनुभयो।

          अन्तमा परराष्ट्रमन्त्री वाङले यसै वर्षभित्र राष्ट्राध्यक्ष सीले गर्नुभएको विदेशी भ्रमण यो चौथो पटक हो भन्ने कुरा जानकारी दिनुभयो। विगत छ महिनामा राष्ट्राध्यक्ष सीले युरोप, अमेरिका, एशिया, अफ्रिका, लाटिन अमेरिकाको भ्रमण गर्नुभएको छ साथै उहाँले अनेकौँ नयाँ कुटनीतिक विचार प्रस्तुत गरी चिनियाँ बुद्धिमान देखाएर चिनियाँ भूमिका निर्वाह गर्नुभएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह