फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङद्वारा फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अकुइनोसँग भेट-वार्ता

(GMT+08:00) 2013-10-10 19:00:16

       चीनका प्रधानमन्त्री ली ख छ्याङले ब्रुनाईमा पूर्वी एशिया नेता बीचको क्रमबद्ध बैठकमा सहभागी हुने क्रममा हिजो नौ तारिख फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अकुइनोसँग संक्षिप्त भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री लीले चीनले दक्षिण समुद्र सम्बन्धी समस्यामा चीनको अडानलाई प्रस्तुत गर्नुभयो। सन् 2010 को अगष्ट 23 तारिखमा हंगकंगका केही पर्यटकहरु फिलिपिन्समा अपहरण परेको विषयबारे प्रधानमन्त्री लीले फिलिपिन्स सरकारले उक्त घटनालाई गम्भीर रुपमा लिएर पूर्ण समाधान गर्नुपर्ने बताउनुभयो।

        फिलिपिन्सका राष्ट्रपतिले फिलिपिन्स सरकारले सो घटनामा जाँचबुझ गरिरहेको भन्दै चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह