फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-आशियान नेताबीचको सोह्रौँ सम्मेलनमा ली ख छ्याङको प्रस्ताव

(GMT+08:00) 2013-10-10 19:07:07

         चीन-आशियान सोह्रौँ सम्मेलन हिजो नौ तारिख दिउँसो ब्रुनाइको बन्दर सेरि बेगावानमा आयोजना भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले सम्मेलनमा उपस्थित भएर भविष्यमा चीन-आशियान सहयोगको लागि "दुई जोड सात" सहयोगी प्रारुप प्रस्तुत गर्नुभएको छ। सो अवसरमा उहाँले छिमेकी मित्रता नै चीन-आशियान सहयोगको मुख्य विषय रहेको बताउँदै त्यसलाई लिएर चीन-आशियान साझा हितलाई बढाएर विभिन्न मुलुकका जनतालाई सबभन्दा बढी फाइदा पुर्‍याउने उल्लेख गर्नुभयो। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण-

        चीन-आशियान रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको अहिले दश वर्ष भएको छ। सम्मेलनमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ली ख छ्याङले आशियानका दश मुलुकका नेतासँगै केक काट्ने समारोहमा उपस्थित भएर चीन-आशियान सम्बन्ध स्थापना भएको "स्वर्ण दश वर्ष"को शुभकामना आदानप्रदान गर्नुभयो। उहाँले भन्नुभयो-

        चीन-आशियान सम्मेलन आयोजना भएको यो सोह्रौँ पटक हो। चीनमा सोह्र अंकलाई सौभाग्यको प्रतीक मानिन्छ। त्यसबाट दश वर्षसम्म विकास भएको आधारमा चीन-आशियान सम्बन्ध अझ सुचारु अनि अरु समृद्ध विकास हुने अर्थ लागेको छ।

         गत दश वर्षमा चीन र आशियानबीचको सहयोगको ठूलो उपलब्धि पाइएको छ। दश वर्षभित्र दुई पक्षबीचको औसत वार्षिक व्यापारिक मात्रा 23.6 प्रतिशत बृद्धि भएर चार अर्ब अमेरिकी डलर पुगेको छ। साथै चीन र आशियानबीच विश्वका सबभन्दा ठूला विकासोन्मुख मुलुकको स्वतन्त्र व्यापार क्षेत्रको स्थापना भएको छ। विगत दश वर्षमा चीन-आशियान सम्बन्ध विकासबारे चर्चा गर्दै प्रधानमन्त्री लीले आपसी विश्वास, व्यावहार, उदारता नै दुई पक्षबीच ठूलो उपलब्धि हासिल भएको मुख्य कारण रहेको बताउनुभयो। उहाँले भन्नुभयो-

        वर्तमान विश्वका विभिन्न मुलुकलाई शान्ति र स्थिरता नभइ नहुने कुरा हुन्। साथै घनिष्ठ सहयोग पाएर आ-आफ्नो विकासलाई बढाउन सकिन्छ, दीर्घकालीन दृश्यबाट आपसी सम्बन्धमा विचार लिन र सँगै मिलेर प्रयास गर्ने चाहना अझै बढी हुन्छ।

        प्रधानमन्त्री लीले भविष्यमा चीन-आशियान सहयोगलाई बढाउनका लागि अनेकौँ प्रस्ताव प्रस्तुत गर्नुभयो अर्थात "दुई जोड सात" सहयोगी प्रारुपका रुपमा उहाँले प्रस्तुत गर्नुभयो। उहाँले चीन र आशियानले दीर्घकालीन रुपमा आपसी सम्बन्धलाई "दुई बुँदे राजनीतिक सहमत र सात क्षेत्रीय सहयोग" माथि ध्यान दिएर अर्को दश वर्षको सहयोगलाई अझ बढाउने बताउनुभयो। उहाँले अगाडी भन्नुभयो-

        हामीले दुई बुँदे सहमतलाई अझै बढाउनुपर्छ अर्थात् एक, रणनीतिक आपसी विश्वासलाई गहन पार्ने र असल छिमेकी मित्रतालाई विस्तार पार्ने नै सहयोगलाई अघि सार्ने आधार हो र दुई, आर्थिक विकासमा ध्यान दिएर आपसी हितलाई विस्तार पार्ने नै सहयोगलाई गहन पार्ने मुख्य उद्देश्य रहेका छन्।

        प्रधानमन्त्री लीले प्रस्तुत गर्नुभएको सात क्षेत्रीय सहयोगहरु यस प्रकार छन्:

        चीन-आशियान मुलुकबीच छिमेकी मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर गर्न सक्रिय छलफल गर्ने, चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको आपग्रेड गर्ने प्रक्रियत सुरु गर्ने, अन्तःसम्बन्धसम्बन्धी आवश्यक प्रबन्धको छिटो निर्माण गर्ने, स्वक्षेत्रीय वित्तीय सहयोग र संकट प्रतिरोधलाई बढाउने, समुद्री सहयोगलाई अघि सार्ने, सुरक्षा क्षेत्रको आदान-प्रदान र सहयोगलाई सबल पार्ने र मानवीय, वैज्ञानिक र प्राविधिक क्षेत्रको आदान-प्रदान र सहयोगलाई घनिष्ठ पार्ने रहेका छन्।

        आशियान सदस्य मुलुकका नेताले असल छिमेकी नीतिमा चीन अडिग रहेको र आफ्नो विकासमार्फत क्षेत्रीय समृद्धि र स्थिरतालाई महत्वपूर्ण योगदान दिएकोमाथि उच्च मूल्याङ्कन गर्नुभयो। उहाँहरुले ली ख छ्याङले प्रस्तुत गरेको प्रस्तावमाथि प्रशंसा र स्वागत गर्नुभयो। वर्तमान आशियानका अध्यक्ष मुलुक ब्रुनेइका सुल्तान हाजि हसनाल बोलक्याहले भन्नुभयो-

         चीन र आशियानले मिलेर स्वतन्त्र व्यापार सहयोग स्तरलाई माथि उकास्ने कुरा हेरेर मलाई निकै खुशी लाग्यो। त्यसले दुई पक्षबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ। चीन-आशियान रणनीतिक सहयोगका लागि दुई पक्षका अधिकारीले दक्षिणी चीन सागरको कार्य सिद्धान्तसम्बन्धी सल्लाह गर्न सुरु गरेको छ। त्यसबाट हामीले क्षेत्रीय शान्ति, समृद्धि र स्थिरताको संरक्षण गर्न प्रयास गर्ने प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह