फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी

(GMT+08:00) 2013-10-11 10:00:58

       चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग हिजो दश तारिखमा ब्रुनाईको बन्दार सेरी बेगावानमा आयोजित पूर्वी एशिया आठौँ शिखर सम्मेलनमा सहभागी हुनुभयो। आशियानका दश मुलुक र दक्षिण कोरिया, जापान, अमेरिका, रुस, भारत, औस्ट्रेलिया तथा न्यूजीलैंड आदि मुलुकका नेता वा प्रतिनिधिले सो सम्मेलनमा भाग लिएका छन्। विभिन्न मुलुकका नेताहरुले पूर्वी एशियाको सहयोग तथा विकास, सम्बन्धित क्षेत्र तथा अन्तर्राष्ट्रिय समस्या र विश्वव्यपी समस्यामा वैचारिक आदान प्रदान गरेका छन्।

        सो अवसरमा प्रधानमन्त्री लीले सम्बोधन गर्दै राणनैतिक सहयोगलाई सबल पार्नुका लागि चुनौतिलाई सामना गरेको बताउनुभयो। अन्न तथा उर्जा स्रोतको सुरक्षा, प्राकृतिक प्रकोप, मौसमको परिवर्तन र सार्वजनिक स्वास्थ्यमाथि महत्व दिनुपर्ने उहाँले जोड दिनुभयो। क्षेत्रीय आर्थिक एकीकरणले खुलापन, समावेशी तथा पारदर्शी नीति गर्नुपर्ने चीनले अडान लिएको उहाँले जानकारी दिनुभयो। चीनले "क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध"को विभिन्न सदस्यहरुसँग प्रयास गरी सन् 2015 को अन्तमा आधूनिक, सम्पूर्ण, उच्च स्तरीय तथा आपसी हित मुक्त व्यापारिक सम्झौतालाई समपन्न गर्ने आशा लिएको उहाँले व्यक्त गर्नुभयो।

         साथै प्रधानमन्त्री लीले दक्षिणी समुद्र समस्यामा चीनको अडान पनि दोहोर्‍याउनुभयो। उहाँले दक्षिण समुद्रको जहाज चलाउन चीन स्वतन्त्र रहेको बताउनुभयो। चीनले विभिन्न मुलुकसँग दक्षिण समुद्रको जहाज चलाउनलाई स्वतन्त्र तथा सुरक्षा संरक्षण गर्ने आशा लिएको उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह