फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ 10+3 नेताबीचको सम्मेलनमा सहभागी

(GMT+08:00) 2013-10-11 10:02:06

      चीनका प्रधानमन्त्री ली ख छ्याङ हिजो दश तारिख विहान ब्रुनाइको राजधानीमा आशियान-चीन, जापान र दक्षिण कोरियाको सोह्रौँ सम्मेलनमा सहभागी हुनुभएको छ। आशियानका दश वटा सदस्य मुलुक, जापान र दक्षिण कोरियाका नेता पनि सो सम्मेलनमा सहभागी हुनुभएको छ।

       एशियाको बैकिङ संकटको समयमै आशियानले चीन, जापान, दक्षिण कोरियासँग सहयोगमा सवल पारेको थियो। प्रधानमन्त्री लीले आशियान र चीन, जापान, दक्षिण कोरिया बीचको सहयोगले क्षेत्रीय आर्थिक विकास,शान्ति र स्थिरतामा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो।

         आशियान र चीन, जापान, दक्षिण कोरिया बीचको सहयोगलाई गहन पार्नका लागि प्रधानमन्त्री लीले क्षेत्रीय शान्ति र स्थिरतालाई कडा सुरक्षा गर्न, पूर्वी एशिया आर्थिक एकीकरण सम्बन्धी प्रक्रियालाई बढाउने, क्षेत्रीय मौद्रिक सुरक्षा सन्जाल निर्माण, खाद्द सुरक्षा, सँस्कृति आदि क्षेत्रको सहयोगलाई सवल पार्ने कुरामा जोड दिनुभएको छ।

         केहि वर्षदेखि आशियान र चीन, जापान, दक्षिण कोरिया बीचको सहयोगमा धेरै सफलता प्राप्त भएको छ। सो सम्मेलनमा सहभागी हुनुभएका विभिन्न मुलुकका नेताले यो सफलतालाई उच्च मूल्याकन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह