फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार कार्यमा चीन अडिग रहेकाले नव उदियमान आर्थिक समूहलाई नमूना देखाइएको विश्व ‌बैङ्क भनाइ

(GMT+08:00) 2013-10-11 10:03:01

       विश्व बैङ्कका गभर्नर्स जिम युङ्ग किमले आर्थिक बृद्धि दर घटेको अवस्थामा पनि सुधार कार्य निरन्तर राखेकाले चीनले नव उदियमान बजार र विकासोन्मुख मुलुकलाई राम्रो नमूना देखाइएको बताउनुभएको छ।

       हिजो दश तारिख अन्तर्राष्ट्रिय मुद्रा कोष संगठन र विश्व बैङ्कको वार्षिक सम्मेलन हुनुअघि आयोजित पत्रकार सम्मेलनमा गभर्नर्स जिमले सो कुरा बताउनुभएको हो। उहाँले शाङहाइ स्वतन्त्र व्यापार क्षेत्रको स्थापना भएपछि आर्थिक बृद्ध ढाँचालाई लगानी तथा निर्यातमा निर्भर रहेको अर्थतन्त्रलाई उपभोग र सेवा उद्योगमा निर्भर बनाउन चीन अडिग रहेको बताउनुभयो । उहाँले यस्तो कार्यलाई सही भन्दै प्रशंसा पनि गर्नुभयो।

        यसका साथै गभर्नर्स जिमले विकसित मुलुकको मौद्रिक नीतिको समन्वयले नव उदियमान आर्थिक समूहलाई ल्याउने दबाव र प्रभावमाथ विश्व बैङ्कले निकै ध्यान दिएको उल्लेख गर्नुभयो। नव उदियमान आर्थिक समूहले समयमै आवश्यक सुधार गर्नुपर्ने पनि उहाँले धारणा राख्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह