फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्व एशिया शिखर सम्मेलनबाट अन्नबाली सुरक्षा घोषणा-पत्र सार्वजनिक

(GMT+08:00) 2013-10-11 11:23:01

       आठौं पूर्व एशिया शिखर सम्मेलन हिजो दश तारिखका दिन ब्रुनाइको राजधानी बान्दार सेरी बेगावानमा सम्पन्न भएको छ। उक्त शिखर सम्मेलनले 'पूर्व एशिया शिखर सम्मेलनको अन्नबाली सुरक्षा सम्बन्धि घोषणा-पत्र' सार्वजनिक गरिएको छ।

        यस पटकको शिखर सम्मेलनले अन्नबालीको सुरक्षा, उर्जाश्रोतको सुरक्षा, जलवायु परिवर्तन, प्रकोपको व्यवस्थापन, सरुवा रोगको नियन्त्रण तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय आकर्षणबारे छलफल गरी एक मतले पारित गरेको छ।

         अन्नबालीको स्थायी सुरक्षा दीर्घकालीन लक्ष्यलाई साकार तुल्याउन एक महत्वपूर्ण भएको सम्मेलनले पुष्टि गरेको छ। साथै अन्नबालीको सुरक्षा र वातावरण, उर्जाश्रोत, विश्वको स्वास्थ्य तथा सम्पर्क जस्ता विषयले पनि शिखर सम्मेलनको ध्यान तानेको छ। सम्मेलनमा सहभागी विभिन्न मुलुकहरुले अन्नबालीको सुरक्षालाई प्रत्याभूति दिनुपर्ने आग्रह पनि गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह