फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ बाङ्ककमा

(GMT+08:00) 2013-10-11 14:48:21

       चीनका प्रधानमन्त्री ली ख छ्याङ आज एघार तारिख मध्यान्ह विशेषविमानद्वारा थाइल्याण्डको तीन दिने औपचारिक भ्रमण बैङ्कक पुग्नु भएको छ।

       थाइल्याण्डका उप-प्रधान एवम् वाणिज्यमन्त्री निवाट थारुङ्ग लगायत सरकारका उच्च अधिकारीले विमान स्थलमा प्रधानमन्त्री लीलाई स्वागत गर्नुभयो। ली ख छ्याङले थाइल्याण्डको संसदमा विशेष सम्बोधन गर्नुहुनेछ। उहाँले थाइल्याण्डका प्रधानमन्त्रीसँग भेट-वार्ता गरी दुइपक्षीय सहयोगसम्बन्धी हस्ताक्षर समारोहमा उपस्थित भई पत्रकारहरुसँग दोहोरो अन्तर्क्रिया गर्नुहुनेछ।

       चीन र थाइल्याण्डबीच मैत्रीपूर्ण आदान-प्रदानको लामो इतिहास रहेको छ। दौत्य सम्बन्ध स्थापना भएको 38 वर्षयता दुवै मुलुकले आर्थिक तथा व्यापारिक, मानवी, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक र सुरक्षा जस्ता क्षेत्रमा सहयोग आदानप्रदान हुँदै आएको छ। सन् 2012 मा चीन-थाइल्याण्ड चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्धको स्थापना भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह