फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली ख छ्याङ थाइल्याण्डबाट भियतनाम प्रस्थान

(GMT+08:00) 2013-10-13 17:59:43

        आज तेह्र तारिख विहान चीनका प्रधानमन्त्री ली ख छ्याङ थाइल्याण्डको भ्रमण सम्पन्न गरी भियतनामको राजाधानी ह नोइ प्रस्थान गर्नुभएको छ। थाइल्याण्डका प्रधानमन्त्री यिङ्गलुक शिनावाट्रा, उप-प्रधानमन्त्री एवम विदेशमन्त्री सुरापोङ्ग टोभिचक्चाइकुल, उप-प्रधानमन्त्री एवम वाणिज्यमन्त्री निभाथामरोङ्ग बूनसोङ्गपाइसाल लगायत उच्च अधिकारीले विमान स्थलमा ली ख छ्याङलाई विदाइ गर्नुभएको छ।

         भियतनामका प्रधानमन्त्री न्युयेन तान डुङ्गको निमन्त्रणामा प्रधानमन्त्री ली ख छ्याङले आज तेह्र तारिख दिउँसो ह नोइ पुग्नुभई भियतनामको औपचारिक भ्रमण सुरु गर्नुभएको छ। भियतनामका विदेशमन्त्री फाम बिन्ह मिन्हलगायत सरकारी उच्च अधिकारी र भियतनामका लागि चीनका राजदूत खुङ स्यान यौले विमान स्थलमा स्वागत गर्नुभयो।

        भ्रमण अवधिमा ली ख छ्याङले भियतनामका प्रधानमन्त्री न्युयेन टान डुङ्गलगायत विभिन्न उच्च नेताहरुसँग भेट-वार्ता गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह