फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हाइ स्पीड रेल प्रदर्शनीमा चीन र थाइल्याण्डका प्रधानमन्त्री उपस्थित

(GMT+08:00) 2013-10-13 10:00:57

        सिन ह्वा समाचार समितिका अनुसार, हिजो बाह्र तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङ र थाइल्याण्डका प्रधानमन्त्री यिङ्गलुक शिनावाट्रा चीनको हाइ स्पीड रेल प्रदर्शनीको उद्घाटन समारोहमा उपस्थित हुनुभएको छ।

        चीनको हाइ स्पीड रेल प्रविधिलाई बैङ्ककदेखि छ सय अठहत्तर किलोमिटर टाढाको च्याङ्गमाइसम्म पुग्न पहिलाको एघार घण्टाको समयमा अब तीन घण्टासम्म घट्नेछ। चीनको यो प्रविधिमाथि थाई प्रधानमन्त्री यिङ्गलुकले धेरै रुचि राख्नुभएको छ।

        प्रधानमन्त्री ली ख छ्याङले चीनको हाइ स्पीड प्रविधि विकसित र सुरक्षित भएकाले लागतको प्रतिश्पर्धात्मक उच्चता पनि रहेको व्यक्त गर्नुभयो। साथै उहाँले चीन-थाइल्याण्ड रेलसम्बन्धी सहयोगलाई बढाएर थाइल्याण्डको आवश्यक प्रबन्धको निर्माण र आर्थिक तथा सामाजिक विकासलाई बढाउन सकिने बताउनुभयो। उहाँले आपसी हित र क्षेत्रीय अन्तःसम्बन्धको विकासलाई योगदान दिनसकिने कुरामा जोड दिनुभयो।

        प्रत्युत्तरमा प्रधानमन्त्री यिङ्गलुकले थाइल्याण्ड हाइ स्पीड रेलको योजना र अन्तःसम्बन्धमा त्यसको स्थानबारे जानकारी दिनुभयो। उहाँले हाइ स्पीड रेलबाट चीनले हासिल गरेको उपलब्धिमा प्रशंसा गर्नुका साथै थाइल्याण्डको हाइ स्पीड रेलको निर्माणमा भाग लिन चीनलाई स्वागत गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह