फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली ख छ्याङ र थाई राजकुमारीबीच भेट

(GMT+08:00) 2013-10-13 11:01:38

       चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो बाह्र तारिख विहान थाइल्याण्डको राजदरवारमा थाइल्याण्डका राजा भुमिबोल अडुल्यदेजका प्रतिनिधि राजकुमारी महा चक्री सिरिन्द्रोनसँग भेट गर्नुभएको छ। सो अवसरमा थाइल्याण्डका प्रधानमन्त्री यिङ्गलुक शिनावाट्रा पनि उपस्थति रहनु भएको थियो।

        प्रधानमन्त्री लीले राजकुमारी महाचक्रीले चीनको धेरै पटक भ्रमण गरी दुई देशबीचको साँस्कृतिक, शिक्षा आदि सहयोगलाई बढाउनुका साथै चीनको दानशील कार्यमा सक्रियताका साथ भाग लिनुभएको छ बताउनुभयो । थाई राजकुमारी दुई देशबीचको "जनताको मैत्रीपूर्ण दूत" हुनुहुन्छ भन्ने कुरा प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो। उहाँले वर्तमान चीन-थाइल्याण्ड चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्ध नयाँ अवधिमा प्रवेश भएको बताउनुभयो। चीनले थाइल्याण्डसँगको सम्बन्धमा उच्च ध्यान दिएर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने पनि व्यक्त गर्नुभयो।

         राजकुमारी महाचक्रीले थाइल्याण्ड शाही परिवारले थाइल्याण्ड-चीन सम्बन्धलाई गम्भीरतापूर्वक लिएको बताउँदै चीनसँगको चौतर्फी व्यावहारिक सहयोगलाई बढाउन थाइल्याण्ड सरकारलाई सहयोग गर्ने बताउनुभयो। चीनको आर्थिक तथा सामाजिक विकास अझै तीब्र गतिमा हुने आशा आफूले लिएको भन्दै थाई राजकुमारीले चीनलाई हार्दिक शुभकामना पनि दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह