फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भियतनामका प्रधानमन्त्री भेटवार्तामा

(GMT+08:00) 2013-10-14 17:37:47

           चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले तेह्र तारिख दिउँसो भियतनामको प्रधानमन्त्री भवनमा भियतनामका प्रधानमन्त्री ङ्युयेन तान दुङ्सँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा यी दुबै नेताहरुले चीन र भियतनामबीचको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने विषयमा वैचारिक आदानप्रदान गर्दै महत्वपूर्ण सहमति पनि हासिल गरेका छन्।

            भेटवार्तामा चिनियाँ प्रधानमन्त्री लीले असल छिमेकी मित्र मुलुकका हैसियतले यी दुबै मुलुकले आपसी स्वास्थ्य र स्थिर विकासलाई कायम राख्दै जानु नै यी दुबै मुलुकका जनताको हितसित अनुकूल भएको औंल्याउनुभयो। साथै भियतनामसँग समुद्र ,स्थल र बित्त यी तीन क्षेत्रमा आपसी सहयोगलाई प्रवर्द्धन गर्दै पारस्परिक हित र साझा फाइदालाई व्यवहारमा उतार्न प्रयास गर्दै जाने चीनको अपेक्षा पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभयो।

            प्रत्युत्तरमा भियतनामका प्रधानमन्त्रीले भियतनामले चीनसँगको सम्बन्धलाई निकै जोड दिँदै चीनसँग उच्च स्तरीय आदानप्रदानलाई घनिष्ट पार्ने, आपसी राजतैनिक विश्वासलाई प्रवर्द्धन गर्ने, समुद्री र स्थल क्षेत्रबीचको सहयोगलाई बढाउने आशा गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह