फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली अर्थतन्त्र विश्व अर्थतन्त्रको नेतृत्वकर्ता—आइएमएफ

(GMT+08:00) 2013-10-14 17:39:16

            अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइ एम एफअन्तर्गत एशिया-प्रशान्त विभागका प्रमुख अनूप सिंहले पूर्व अनुमान गरिएभन्दा कमजोर भएतापनि एशियाली अर्थतन्त्र विश्व अर्थतन्त्रको नेतृत्वकर्ता भएको बताउनुभएको छ।

              आइएमएफ एशिया-प्रशान्त विभागका प्रमुख सिंहले आइएमएफद्बारा वासिङ्गटनमा आयोजित एशिया-प्रशान्त क्षेत्रीय अर्थतन्त्रको दृष्टिकोणसम्बन्धी पत्रकार सम्मेलनमा एशियाली अर्थतन्त्र विश्वअर्थतन्त्रलाई डोर्‍याउने नेताको संज्ञा दिनुभयो।

            अमेरिकी फेडरल रिजर्व बोर्डले सम्पत्ति खरिद योजनाको परिमाणलाई कम पार्नुपर्ने लगायतका चुनौतीहरु एशियाली अर्थतन्त्र सामु देखा परेको कुरा पनि सिंहले बताउनुभएको छ।

             चिनियाँ सम्वाददताको प्रश्नको उत्तर दिंदै उहाँले चीनले आर्थिक वृद्धि ढाँचाको परिवर्तन, पूँजी तथा श्रमिक बजारसम्बन्धी सुधारलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह