फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्विजर्ल्याण्डको सञ्चार माध्यमद्बारा "तिब्बती टुहुरो" अन्तरनिहित कथाको व्याख्या

(GMT+08:00) 2013-10-15 16:17:03

           स्विजर्ल्याण्ड नेये चुयरचेर चेयतुङ्ग अर्थात एनजिजिले सेप्टेम्बर महिना 11 तारिखका दिन "तिब्बती टुहुरो एक्लो होइन-स्विजर्ल्याण्ड व्यवसायी र दलाईबीचको अङ्गीकरण सन्धिबाट भएको शंका" शिर्षक लेख प्रकाशित गरेको छ। उक्त लेखले गत शताब्दीको 60को दशकमा भएको एउटा अन्तरनिहित कथाको व्याख्या गरेको छ। त्यसमा 14औं दलाईले महत्वपूर्ण भूमिका खेलेको छ।

            उक्त जानकारीअनुसार, स्थानीय निर्देशक येलि मेयेरबाट बनाइएको वृत्तचित्र "तिबि र उनका आमाहरु" यसै वर्षको सुरुमा प्रदर्शन गरिएको थियो। चलचित्रमा पहिलेको तिब्बती टुहुरो अर्थात हाल स्विजर्ल्याण्डमा बस्दैआएका 57वर्षे सामाजिक शिक्षक तिबि ल्हुनदुब छिरीङ्गको जीवन उल्लेख गरिएको छ। सन् 1963मा टुहुरो अवस्थामा बालक तिबिलाई अरु मान्छेद्वारा स्वीजर्ल्याण्ड लगिएको थियो।

            सन् 1961देखि 1964सम्म तिबिजस्ता कूल दुई सय तिब्बती बालबालिकाहरूलाई पटकपटक गरी स्विजर्ल्याण्ड पुर्‌याएको थियो। यी बालबालिकाहरूलाई स्विजर्ल्याण्डका व्यवसायी चार्लस एशमान्न र दलाईबीचको गोप्य सन्धिअनुसार स्विजर्ल्याण्डका नागरिकद्बारा अङ्गीकरण गरिएको हो। यी बालकहरुलाई दलाईका जेठी दिदी डोल्मा छिरिङ्गले भारतीय धर्मशालाबाट छानेकी थिइन्। व्यवसायी एशमान्नले एउटा प्रतिवेदनमा यी बालकबालिकाहरुमध्ये 19 जना मात्र साँचिकै टुहुरो भएका र अरु बालकबालिकाका बुवा-आमा भएको व्यक्त गरेका थिए। दलाईले यी "टुहुरोहरु"मार्फत भविष्यमा जातीय भावनाको सिर्जना गर्नखोजेको छ। तर यी सबै दुई सय बालकबालिकाहरू स्वदेश फर्केका छैनन्। साथै मानसिक पीडित रहेका छन्।

              यद्यपि रेड क्रोसले बुवा-आमासँग सम्पर्क गर्न यी बालकलाई सहयोग गरे तापनि यस प्रकारका घटना रोक्नसक्दैन। धेरै तिब्बती बालकबालिका भने बुवा-आमासँग भेट गर्न चाहेनन्। एशमान्नमार्फत लगिएका लगभग 90प्रतिशतका बालकबालिकाकाले स्विजर्ल्याण्ड पुगेपछि तिब्बती भाषा बोल्न विर्सेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह