स्विजर्ल्याण्ड नेये चुयरचेर चेयतुङ्ग अर्थात एनजिजिले सेप्टेम्बर महिनाको 11 तारिखका दिन वृत्तचित्र "तिबि र उनका आमाहरु" का निर्देशक येलि मेयेरको विशेष अन्तर्वार्ता प्रकाशित गरेको छ। सो अन्तर्वार्तामा गत शताब्दीको 60को दशकमा आफ्नो परिवारसँग छुट्टयाएर स्विजर्ल्याण्ड परिवारसँग बस्न बाध्य बनाएका तिब्बती बालबालिकाका लागि 14औं दलाईले माफी माग्नु निकै महत्वपूर्ण भएको निर्देशक येलि मेयेरले बताउनुभएको छ।
स्थानीय निर्देशक येलि मेयेरले बनाएको वृत्तचित्र "तिबि र उनका आमाहरु" यसै वर्षको सुरुमा प्रदर्शन गरिएको थियो। सन् 1961देखि 1964सम्म स्विजर्ल्याण्डका व्यवसायी चार्लस एशमान्न र दलाईबीचको गोप्य सन्धिअनुसार कूल दुई सय तिब्बती टुहुरोहरूलाई स्विजर्ल्याण्ड पुर्याएर स्विजर्ल्याण्डका नागरिकद्बारा अङ्गीकरण गरिएको थियो। तर यी बालबालिकहरुमध्ये अधिकाँश साँचिकै टुहुरो थिएनन्।
निर्देशक येलि मेयेरका अनुसार, यी बालबालिकाहरुले पश्चिमी मापदण्डबमोजिम शिक्षा आर्जन गरेर पछि तिब्बत फर्केर आफ्नो लागि सेवा गर्ने आशा दलाईले गरेको दलाई र एशमान्नको चिट्ठीबाट थाहा पाउनसकिन्छ। चिट्ठीमा बुवा-आमासँग छुट्टयाएका बालबालिकाको मानसिक दुःखबारे दलाईले केही कुरा पनि व्यक्त गरेको छैन तर बालबालिकाको व्यापारबारे धेरैपटक चर्चा गरेको छ। चलचित्र तयार गर्नेक्रममा निर्देशक येलि मेयेरले यी बालबालिकाको धेरै दुःख पीडा थाहा पाउनुभयो। सन् 1982मा ज़्यूरिच विश्वविद्यालयको एउटा अनुसन्धानुसार, स्विजर्ल्याण्डमा बस्ने तिब्बतीहरुमध्ये एशमान्नमार्फत लगिएका केही बालकबालिकाहरूले मात्र आत्महत्या गरेको थियो।
त्यसैले दलाईले माफ माग्नु यी बालबालिकाका लागि निकै महत्वपूर्ण भएको निर्देशक येलि मेयेरले बताउनुभएको छ।