फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण सन् 2015पछि विकासको केन्द्रीय विषयको रुपमा राखिने चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2013-10-15 16:59:17

          संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप स्थायी प्रतिनिधि वाङ मिनले चौध तारिख गरिबी निवारण विकासोन्मुख मुलुकहरुको दिगो विकासको केन्द्रीय सूची भएको बताउँदै सन् 2015पछि विकासको केन्द्रीय विषयको रुपमा राखिने बताउनुभएको छ।

           वाङले सोही दिन आर्थिक समस्यासम्बन्धी संयुक्त राष्ट्रसंघीय महासभाको दोस्रो परिषदको बैठकमा उक्त कुरा बताउनुभएको हो।

            सो अवसरमा उहाँले चीन सरकारले विकास समस्यामा महत्व दिएको बताउँदै विकासोन्मुख मुलुकको रुपमा चीनले पारस्परिक हित र साझा विजय तथा खुलापन रणनीति अक्षरशः पालना गरिरहेको र दक्षिण-दक्षिण सहयोग प्रारुपमा अरु विकासोन्मुख मुलुकहरुलाई सहायता दिने कुरा बताउनुभयो।

           वाङले सन् 2000 देखि यता चीनले एक सय बीस वटाभन्दा बढी विकासोन्मुख मुलुकलाई मद्दत दिएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह