फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मानववाहक अन्तरिक्ष उडानको दशौं वार्षिकोत्सव

(GMT+08:00) 2013-10-15 18:33:13

            दश वर्षअघिको अक्टोबर दश तारिखका दिन चीनका प्रथम अन्तरिक्ष यात्रु याङ ली वैले शन चौ पाँच नम्बर अन्तरिक्ष यानद्वारा अन्तरिक्षमा उडान भर्नुभएको थियो। यसले चीनको मानववाहक अन्तरिक्ष उडानको युगको दैलो उघारेको थियो। सन् 2003 देखि सन् 2013सम्म शन चौ ढाँचाका अन्तरिक्ष यानले दश जना अन्तरिक्ष यात्रुलाई अन्तरिक्षमा पुर्‍याएको छ। मानववाहक उडान, क्याप्सुलबाट वाहिर गएर हिडाई आदि अनेकौं मुख्य प्रविधिहरु प्रयोग गरिएको छ। योजनाअनुसार, चीनले सन् 2015अघि वा पछि अन्तरिक्ष केन्द्रको निर्माण गर्नेछ।

            सन् 2003 अक्टोबर चौध तारिखका दिन चीनको प्रथम मानववाहक अन्तरिक्ष यान शन चौ पाँच नम्बर अन्तरिक्ष यानले च्यौ छ्वआन उपग्रह प्रक्षेपण आधार क्षेत्रमा प्रक्षेपण गर्न सफल भएको थियो। याङ ली वै चीनका प्रथम अन्तरिक्ष यात्रु बन्नुभएको थियो। चीन विश्वमा रुस र अमेरिकापछि मानववाहक अन्तरिक्ष गतिविधि स्वयं रुपमा चलाउने तेस्रो मुलुक बनेको थियो।

            अन्तरिक्षमा याङ ली वैले चीनले अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्ने र मानवलाई लाभ पुर्‍याउने कुराको सन्देश विश्वमा फैलाउनुभएको थियो। "अन्तरिक्ष यानबाट आफ्नो मुलुकको जमिन नजिकै आइपुग्दा मैले तलतर्फ हेरेँ। ती पहाडहरु र नदीहरु निकै स्पष्ट छन्। त्यस अवसरमा मलाई निकै गौरब लाग्यो।"

             एक्काईस घण्टाको उडानपछि शन चौ पाँच नम्बर अन्तरिक्ष यानले भित्री मंगोलियामा अवतरण गरेको थियो। त्यसपछि शन चौ छ नम्बर र शन चौ सात नम्बर एकपछि अर्को गरी प्रक्षेपण गरिएको छ।

            सन् 2008 सेप्टेम्बरमा अन्तरिक्ष यात्रु चाइ च काङले पहिलो पटक क्याप्सुलबाट बाहिर गएर खुट्टाले हिड्नुभएको थियो।

            सन् 2011 चीनको प्रथम अन्तरिक्ष उडान कक्ष---थेन कुङ एक नम्बर प्रक्षेपण गरिएको थियो। त्यसपछि मानवरहित शन चौ आठ नम्बर र मानववाहक शन चौ नौ नम्बर एकपछि अर्को गरी प्रक्षेपण गरिएको थियो।

              शन चौ नौ नम्बरद्वारा अन्तरिक्षमा प्रवेश गरेकी चिनियाँ प्रथम महिला अन्तरिक्ष यात्रु लिउ याङमाथि धेरैको नजर पुगेको छ। चालू वर्षको जुन महिनामा शन चौ दश नम्बर अन्तरिक्ष यानले चीनको मानववाहक अन्तरिक्षको प्रयोगात्मक उडानको शुरुवाती खाता खोलेको छ। पन्ध्र दिने उडानमा महिला अन्तरिक्ष यात्रु वाङ या फिङले थेन कुङ एक नम्बरमा माध्यमिक र प्राथमिक स्कुलका विद्यार्थीहरुलाई पहिलो पटक अन्तरिक्षमै कक्षा लिनुभएको थियो।

              दश वर्षमा चीनले छ वटा शन चौ अन्तरिक्ष यान र एक उडान कक्षको प्रक्षेपण गरेको र दश जना अन्तरिक्ष यात्रुलाई अन्तरिक्षमा पुर्‍याएको छ।

               विगत दश वर्षमा चीनले पनि विश्वको विभिन्न मुलुकसँग अन्तरिक्ष प्रविधिको सहयोग आदान प्रदान गरेको छ। चीनको विज्ञान प्रतिष्ठानअन्तर्गत राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रका प्रमुख ऊ चिले भन्नुभयो "चीनले यूरोपसँग मानववाहक अन्तरिक्ष प्रविधि क्षेत्रमा राम्रो सहयोग गरेको छ।"

                चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयका प्रमुख वाङ चाउ याउकाअनुसार, आगामी केही वर्षमा चीनको मानववाहक अन्तरिक्ष महान अभियान तीब्र रुपमा विकसित हुनेछ। "चीनको मानववाहक अन्तरिक्ष परियोजनाको विकास योजनाअनुसार, चीनले अन्तरिक्ष प्रयोगशालाको अनुसन्धान तथा निर्माण गर्ने र सन् 2015अघि वा पछि थेन कुङ दुई नम्बर अन्तरिक्ष प्रयोगशालाको प्रक्षेपण गर्नेछ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह