फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीको दक्षिण पूर्वी एशियाको भ्रमणबाट चीन र आशियान मुलुकबीचको पारस्परिक आदानप्रदानमा प्रवर्द्धन

(GMT+08:00) 2013-10-15 19:30:57

              पूर्वी एशिया नेतास्तरीय सम्मेलनमा भाग लिई दक्षिण पूर्वी एशियाका तीन मुलुकको भ्रमण समाप्त गरेर चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग मङ्गलबार स्वदेश फर्किनुभएको छ। प्रधानमन्त्री लीको यस सात दिने भ्रमणबाट रेलमार्ग, जलमार्ग, बित्त, पर्यटन आदि धेरै क्षेत्रमा चीन र आशियान मुलुकबीचको सम्पर्क र आदानप्रदानमा प्रवर्द्धन भएको छ।

             वितेका दश वर्षमा चीन र आशियानबीचमा देखापरेको सहयोगलाई "स्वर्ण दश वर्ष"को रुपमा मानिन्छ। सन्2012 मा यी दुबै पक्षबीचको व्यापारिक रकम चार खर्ब अमेरिकी डलर बराबर पुगेको छ। सन्2020 यो रकम परिमाण दश खर्ब अमेरिकी डलर पुग्ने अनुमान प्रधानमन्त्री लीले गर्नुभएको छ। चीनले अझ दृढ विश्वासका साथ आशियान मुलुकसँगको बहुक्षेत्रीय सहयोगलाई बढाउँदै जानेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह