फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीको दक्षिण-पूर्वी एशियाको भ्रमणबाट चीनको सदिच्छापूर्ण धारणा अभिव्यक्त:विद्धानहरु

(GMT+08:00) 2013-10-16 18:08:42

            दक्षिण-पूर्वी एशियाका तीन मुलुकको भ्रमण सकेर चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले अक्टोबर पन्ध्र तारिख स्वदेश फर्कनुभएको छ। यस सात दिने भ्रमणमा प्रधानमन्त्री लीले पूर्वी एशियाका नेतास्तरीय सम्मेलनमा भाग लिनुका साथै एकपछि अर्को गरी ब्रुनाइ, थाइल्याण्ड र भियतनामको राजकीय भ्रमण गर्नुभयो। यी कार्यक्रमबाट खास तथा प्रभावकारी सहयोगात्मक उपलब्धि हासिल भएको देखिन्छ।

            प्रधानमन्त्री लीको यस भ्रमणले दक्षिण चीन समुद्रको संयुक्त विकासलाई निकै जोड दिएको छ। पहिलो गन्तव्य अर्थात् ब्रुनाइको भ्रमणमा चीन र ब्रुनाइले संयुक्त वक्तव्य प्रकाशित गर्दै आपसी समुद्री सहयोग मजबुत बनाउनेमा सहमति हासिल गरेका छन्। विशेष गरी चीनको समुद्री पेट्रोल कम्पनी र ब्रुनाइको राष्ट्रिय पेट्रोल कम्पनीद्बारा हस्ताक्षर गरिएको पेट्रोल सेवायुक्त सहयोग कम्पनीको स्थापना सम्बन्धी सम्झौताबाट अन्तर्राष्ट्रिय समाजको नजर आकर्षित भएको छ।यसप्रति चीनको दक्षिणी सामुद्रिक अनुसन्धान प्रतिष्ठानका अध्यक्ष उ श छ्वनले यी दुबै मुलुकबीचको दक्षिण चीन समुद्रको संयुक्त विकासबाट चीन सरकारको "विवादलाई छोडेर संयुक्त विकास"भन्ने अडान स्पष्ट अभिव्यक्त भएको विश्लेषण गर्नुभयो। उहाँले भन्नुभयो: "विवाद सुल्झाएर संयुक्त विकास"गत शताब्दीको असीको दशकमा चीन सरकारले प्रस्तुत गरेको हो तर पनि लामो समययता यस धारणालाई राम्ररी व्यवहारमा उतार्न सकिएको थिएन। यस पेट्रोल सेवायुक्त सहयोग कम्पनीको स्थापनाबाट अन्तर्राष्ट्रिय समाजसमक्ष दक्षिणी सामुद्रिक क्षेत्रमा देखापरेको विवाद सहयोगमार्फत समाधान गर्नसकिन्छ भन्ने प्रमाणित भएको छ।

            भियतनामको भ्रमणमा प्रधानमन्त्री लीले क्षेत्रीय अर्थतन्त्र तथा बित्तिय स्थिरताको संरक्षण गर्न चीन-भियतनाम वाणिज्य कार्यदलको स्थापना गर्ने निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। छिङ्ग व्हा विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान व्युरोका उपाध्यक्ष एवम् प्राध्यापक ल्यु च्याङ्ग युङ्गले यस निर्णय प्रस्तावको महत्वपूर्ण अर्थ रहेको विचार व्यक्त गर्नुभएको छ। उहाँले यसरी भन्नुभयो: अन्तर्राष्ट्रिय मुद्रा प्रणालीमा चिनियाँ युआनले लिएको स्थान क्रमशः उच्चगतिमा चढ्दै गएको छ। भियतनामका लागि चिनियाँ युआनको मूल्य, बृद्धि र स्थिरताको शक्तिले आकर्षक प्रभाव देखाउने गर्दछ। वाणिज्य क्षेत्रमा यी दुबै मुलुकबीचको सहयोग अन्तर्राष्ट्रिय बैकिङ्ग संकट वा क्षेत्रीय राजनैतिक घटनाबाट ल्याउने नकारात्मक असरको सामना गर्न हितकर हुनेछ।

            थाइल्यान्डका प्रधानमन्त्रीसँगको भेटवार्तामा लीले चीनको उच्च गति रेलको प्रविधि आदिबारे जानकारी दिँदै चीनले थाइल्यान्डको उच्च गति र रेल प्रणालीको निर्माणमा भाग लिने आशा व्यक्त गर्नुभएको छ। यस क्षेत्रको सहयोग चीन र थाइल्यान्डबीचको सहयोगमा नयाँ मोती बन्नेछ। थाइल्यान्डका लागि भूतपूर्व चिनियाँ राजदूत चाङ्ग च्यु व्हानले भन्नुभयो: चीन र थाइल्यान्डबीचमा उच्च गतिको रेल सम्बन्धी सहयोगमा विशाल सञ्चय शक्ति रहेको छ। यो सहयोगले यी दुबै मुलुकबीचको सम्बन्ध मात्र नभई चीन र आशियानबीचको पारस्परिक आदानप्रदान र विभिन्न क्षेत्रको सहयोगका लागि महत्वपूर्ण प्रभाव पार्ने भएको छ।

             दक्षिण चीन समुद्रको संयुक्त विकास होस् वा उच्च गतिको रेल प्रविधि क्षेत्रको सहयोगको इच्छाबाट हेर्दा प्रधानमन्त्री लीले प्रभावकारी भावनाले आफ्नो यस दक्षिण पूर्वी एशियाको भ्रमण सफलताका साथ समाप्त गर्नुभएको छ। प्राध्यापक ल्यु च्याङ्ग युङ्गले भन्नुभयो: सदिच्छापूर्ण भावना बोकेको प्रधानमन्त्री लीको यस भ्रमणले चीन र यसका वरिपरी क्षेत्रका मुलुकसँगको समष्टिगत सम्बन्धको विकासका लागि प्रभाव पार्ने भएको छ। यो भ्रमण छिमेकी मुलुकहरुसँगको कुटनीतिलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण कडी हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह