फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

33औं विश्व खाद्य दिवस

(GMT+08:00) 2013-10-16 18:29:15

          आज अक्टोबर सोह्र तारिख 33औं विश्व खाद्य दिवस हो। चालू वर्ष विश्व खाद्य दिवसको मुख्य नारा "मानिसको स्वास्थ्य स्वस्थ खाद्यान्न प्रणालीमा भर" भन्ने रहेको छ। साथै "खाद्यान्नको निरन्तर प्रणालीको विकास, खाद्यान्नको सुरक्षा तथा पोषणको प्रत्याभूति"प्रति विश्व खाद्य दिवसको ध्यानाकर्षण रहेको छ।

            सत्र तारिखका दिन संयुक्त राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठनले मुख्यालय रोममा एक समारोहको आयोजना गरी 33औं विश्व खाद्य दिवस मनाउने भएको छ।

            हाल विश्वको खाद्यान्न परिस्थिति गम्भीर देखिन्छ। भोकमरी तथा पोषणको अभाव संसारमा देखिएको ठूलो समस्या हुन्। खाद्यान्न तथा कृषि संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, हाल विश्वमा लगभग 87 करोड मानिसको सामु भोकमरीको खतरा छ। जसबाट विश्वको खाद्यान्न परिस्थिति सामु गम्भीर चुनौती देखापरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह