फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

33औं विश्व खाद्य दिवस-खाद्यन्न समस्या पनि गम्भीर

(GMT+08:00) 2013-10-16 18:31:05

            आज अक्टोबर सोह्र तारिख 33औं विश्व खाद्य दिवस। चालू वर्ष विश्व खाद्य दिवसको मुख्य नारा "मानिसको स्वास्थ्य, स्वस्थ खाद्यान्न प्रणालीमा भर" भन्ने रहेको छ। साथै "खाद्यान्नको निरन्तर प्रणालीको विकास, खाद्यान्नको सुरक्षा तथा पोषणको प्रत्याभूति"प्रति विश्व खाद्य दिवसको ध्यानाकर्षण रहेको छ।

            सत्र तारिखका दिन संयुक्त राष्ट्रसंघीय खाद्यान्न तथा कृषि संगठनले मुख्यालय रोममा एक समारोहको आयोजना गरी 33औं विश्व खाद्य दिवस मनाउने भएको छ।

           हाल विश्वको खाद्यान्न परिस्थिति गम्भीर देखिन्छ। भोकमरी तथा पोषणको अभाव संसारमा देखिएको ठूलो समस्या हुन्। खाद्यान्न तथा कृषि संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, हाल विश्वमा लगभग 87 करोड मानिसको सामु भोकमरीको खतरा छ। जसबाट विश्वको खाद्यान्न परिस्थिति सामु गम्भीर चुनौती देखापरेको छ।

           त्यसका साथै प्राकृतिक प्रकोप, खेतीयोग्य जमीन श्रोतको अभाव आदि कारणले अन्तर्राष्ट्रिय स्तरमै खाद्यान्न उत्पादनमा उतार-चढाव देखापरेको छ। खाद्यान्न प्रणालीको दिगो विकास र खाद्यान्न सुरक्षाको प्रत्याभूति गर्न विभिन्न मुलुकले निरन्तर प्रयास गर्नुपर्छ।

            यसैबीच संयुक्त राष्ट्रसंघीय विश्व खाद्यान्न योजना व्यूरोद्बारा आयोजित "24घण्टे भोकमरी" अनुभव कार्यक्रम पैचिङ्गमा औपचारिक रुपमा सुरु भएको छ। क्वाङ्ग चौ, खुनमिङ्ग, छाङ्ग छुलगायत विविध क्षेत्रमा तीन करोड जनाभन्दा बढी मानिसले उक्त कार्यक्रममा भाग लिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह