फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रतिनिधिसभाद्बारा अस्थायी रकम छुट्याउने प्रस्ताव पारित

(GMT+08:00) 2013-10-17 13:07:30

           अमेरिकाका प्रतिनिधिसभा र सिनेटले हिजो सत्र तारिख सरकारलाई अस्थायी रकम छुट्याउनुका साथै सार्वजनिक ऋणको माथिल्लो सिमालाई माथि उकास्ने विधेयक अनुमोदन गरेको छन्।

           हिजो राति आठ बजे अमेरिकी सिनेटमा भएको मतदानमा प्रस्तावको पक्षमा 81 मत परेको थियो भने विपक्षमा 18 मत परेको थियव। दुई मुख्य पार्टीद्बारा प्रस्तुत गरिएको सरकारका विभिन्न सेवालाई चौतर्फी रुपमा सञ्चालनमा फर्काउने र अमेरिकी ऋण ठेक्कालाई उलङ्घन गर्न रोक्ने प्रस्ताव अनुमोदित भएको छ। हिजै राति प्रतिनिधिसभाले पनि सो प्रस्तावलाई अनुमोदन गरेको छ।

           प्रस्तावबमा उल्लेख भए अनुसार सरकारी विभिन्न सेवा सञ्चालनमा अबदेखि सन् 2014 जनरी पन्ध्र तारिखसम्मको अवधिमा बजेट प्राप्त हुनेछ। यसका अतिरिक्त अर्थ मन्त्रालयले राष्ट्रिय ऋणको माथिल्लो सिमालाई सन् 2014 फेब्रुअरी सात तारिखसम्म लम्ब्याउने भएको छ।

           यस प्रस्ताव पारित भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सबैभन्दा पहिले सो प्रस्तावमा हस्ताक्षर गरेर सरकारी सेवालाई सुचारु गर्ने बताउनु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह