फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो त्रैमासिक अवधिमा वैदेशिक व्यापारमा स्थिर वृद्धि

(GMT+08:00) 2013-10-17 18:08:39

          चीनको वाणिज्य मन्त्रालयले अक्टोबर सत्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अघिल्ला तीन त्रैमासिक अवधिमा वैदेशिक व्यापारको अवस्था, वैदेशिक व्यापार भित्र्याइको अवस्थाबारे जानकारी दिएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बताउनुभएअनुसार, चीनको वैदेशिक व्यापारमा राम्रो प्रवृत्ति देखापरेको छ। चौथो त्रैमासिक अवधिमा चीनको वैदेशिक व्यापारमा स्थिरताका साथ बृद्धि हुने सम्भावना रहेको छ। चीनको वैदेशिक व्यापार राम्रो दिशातर्फ विकास हुने प्रवृत्ति हाल आयोजना हुँदैआएको 114औं क्वाङ चौ मेलामा देखाइएको छ।

         चीनको वाणिज्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा चीनको वैदेशिक व्यापारको समष्टिगत अवस्थाबारे सञ्चार-माध्यमको ध्यानाकर्षण भएको हो। वाणिज्य मन्त्रालयका प्रवक्ता शन तान याङले अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको आयात र निर्यात सूचीबारे जानकारी दिनुभएको र साथै तेस्रो त्रैमासिक अवधिमा वैदेशिक व्यापारको वृद्धि चालू वर्षको पूर्वार्धको तुलनामा स्पष्ट रुपमा सुध्रेको कुरा बताउनुभयो।

        "सन् 2013को अघिल्ला त्रैमासिक अवधिमा चीनको आयात र निर्यात रकम 190 खर्ब 70 अर्ब चिनियाँ युआन बराबर अर्थात् 30 खर्ब 60 अर्ब अमेरिकी डलर पुगेको छ। चीनको आयात र निर्यात रकम तेस्रो त्रैमासिक अवधिमा 30 खर्ब अमेरिकी डलर पुगेको यो पहिलो पटक हो।"

         चीनको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, सेप्टेम्बरमा चीनको निर्यात रकम 0.3 प्रतिशतले घटेको छ। शनले सेप्टेम्बर महिनामा ऋणात्मक बृद्धिबारे जवाफ दिँदै नवोदित बजारको बृद्धि गति घट्दै गएको कुरा सेप्टेम्बरमा चीनको निर्यात रकम घट्नुको मुख्य कारण भएको बताउनुभयो।

        "अमेरिका, यूरोपेली संघ, जापानआदि विकसित मुलुकका बजारमा राम्रो प्रवृत्ति देखापरेको तर नवोदित बजार मुलुकहरुको आर्थिक बृद्धि गति स्पष्ट रुपमा घटेको छ। यस्तो परिस्थितिमा हाल खास गरी सेप्टेम्बर महिनामा चीनले नवोदित बजारतर्फ गरेको निर्यातको बृद्धि गति स्पष्ट रुपमा घटेको छ।"

          यसैबीच शनले गत जुलाई महिनादेखि यता चीनले वैदेशिक व्यापारको विकासलाई प्रबर्द्धन गरेको श्रृंखलाबद्ध नीति र कदम सार्वजनिक गरेको जानकारी दिनुभयो। व्यापारको सहुलियतस्तर पनि माथि उकासिएको छ। वैदेशिक व्यापारको लागतमा बृद्धि भएको दवाव शक्ति पनि शिथिल भएको छ। वैदेशिक व्यापारको विकासमा नयाँ शक्ति थपिदिएको छ। हालका केही वर्षदेखि यता वैदेशिक व्यापारमा लाग्ने उद्योग-व्यवसायहरुले सक्रियताका साथ आर्थिक बनौटलाई मोडेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिलाई बढाएका छन्।

          उद्योग-व्यवसायको आत्मनिर्भर भएर सिर्जनशीलता र सरकारद्वारा दिइएको समर्थन र निर्देशकबाट चीनको वैदेशिक व्यापारको भविश्य निकै राम्रो हुने छ। चौथो त्रैमासिक अवधिमा वैदेशिक व्यापारको अवस्थाबारे प्रवक्ता शनले आशा प्रकट गर्नुभयो। चालू वर्षको लक्ष्य पूरा हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ।

        "आगामी दुई वा तीन महिनामा चीनको निर्यातमा सानो मात्रामा बृद्धि हुने प्रवृत्ति देखिनेछ। चालू वर्षमा वैदेशिक व्यापारको स्थिर विकास र आर्थिक बनौटलाई मोडेर निर्धारित लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह