फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विकासको कार्यसूचीमा गरिबी निवारणलाई प्राथमिकतामा:राष्ट्रसंघीय महासचिव बान कि मून

(GMT+08:00) 2013-10-18 10:15:37

        अक्टोबर सत्र तारिख अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका दिन संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मूनले गरिबी निवारण एक दीर्घकालीन कार्य भएको बताउनुभएको छ। साथै उहाँले सन् 2015 पछि विकासको कार्यसूचीमा यस विषयलाई प्रथम स्थानमा राख्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

        महासचिव बानका अनुसार सन् 2015 पछि विकासको कार्यसूचीले गरिबी निवारणलाई निकै जोड दिँदै दिगो विकासको बाटोमा लाग्नुपर्छ।

        आधारभूत दृष्टिकोणबाट हेर्दा विश्वलाई दिगो विकासको बाटोमा लैजाँदा मात्रै गरिबी निवारणको उद्देश्य साकार हुनसक्ने भन्दै महासचिव मुनले हाल गरिबीको अवस्था स्पष्ट रुपमा घटेता पनि विकास प्रगति असन्तुलित भएको कारण गरिबी हटाउने कार्य सामु दीर्घकालीन बाधा र चुनौतीहरु देखापर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह