फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको प्रतिनिधि मण्डल बेल्जियम र यूरोपेली संघको भ्रमणमा

(GMT+08:00) 2013-10-18 10:53:56

          चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)को प्रतिनिधि मण्डलले यही अक्टोबर 15 तारिखदेखि बेल्जियम र यूरोपेली संघको भ्रमण गरेको छ। सीपीपीसीसीका स्थायी सदस्य एवम् जाति तथा धर्म समितिका प्रमुख चु वै छ्युनले ब्रसेल्समा चिनियाँ तथा विदेशी सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। दलाईद्बारा उक्साइएको उच्चस्तरीय स्वशासनको अर्थ तिब्बतको स्वतन्त्रता हो। जुन चिनियाँ संविधान र जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटीको विरुद्धमा छ। सो अवसरमा प्रमुख चुले चीनका विभिन्न जातीय जनताले दृढताका साथ दलाईको भनाइको विरोध गरेको पनि बताउनुभयो।

         प्रमुख चुले विदेशी सम्वाददातालाई चिनियाँ जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटीबारे व्याख्या गर्नुभएको छ। उहाँका अनुसार जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटी चीनमा आधारभूत राजनैतिक परिपाटी हो। विभिन्न जातीय जनताको अधिकार र फाइदाको प्रत्याभूति गर्नका लागि चिनियाँ संविधान र जातीय क्षेत्रमा स्वशासन कानूनले स्वशासन हुने जातीय क्षेत्रको अधिकार तथा फाइदाबारे ठोस निर्देश गरेको छ। दलाईद्बारा प्रस्तुत तथाकथित उच्चस्तरीय स्वशासन र चिनियाँ जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटीबीच कुनै सम्बन्ध वा एकरुपता छैन। उस्को लक्ष्य तथाकथित स्वशासनमार्फत पृथकतावादी मनसायलाई साकार तुल्याउन खोज्नु मात्रै हो।

         भ्रमणको अवसरमा प्रमुख चुले यूरोपेली आर्थिक तथा सामाजिक समितिका अध्यक्ष हेनरी मालोस, यूरोपेली संसदमा चीनका लागि प्रतिनिधि मण्डलका अध्याक्ष क्रेसेन्चिओ रिभेलिनि आदिसँग भेट-वार्ता गरेर चीनको जातीय तथा धार्मिक नीति, वर्तमान तिब्बतको अवस्था र तिब्बतसम्बन्धी चीन सरकारको कार्य नीतिबारे जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह