फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी राजनीतिज्ञले यासुकुनी देवलमा पूजा-आजा गरेकोमा दक्षिण कोरियाद्वारा आलोचना

(GMT+08:00) 2013-10-18 17:52:28

        जापान सरकारका अधिकारीहरुले यासुकुनी देवलमा पूजा-आजा गरेकोप्रति दक्षिण कोरिया सरकारले अठार तारिखका दिन निन्दा गरेको छ।

        दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार, जापानी राजनीतिज्ञले यासुकुनी देवललाई पूजा गर्न नहुने दक्षिण कोरिया सरकारको अविच्छिन्न अडान हो। वरिपरिका मुलुकको विश्वासलाई पुनः जितेर जापान सरकारले आफ्नो अतिक्रमण इतिहासको उचित मूल्याङ्कन गर्नुपर्ने पनि दक्षिण कोरियाली विदेश मन्त्रालयका अधिकारीले बताएका छन्।

        जापान सरकारले यासुकुनी देवललाई पूजा गर्नु गैरजिम्मेवारपूर्ण गतिविधि भएको दक्षिण कोरियाली सत्तारुढ पार्टी नयाँ राष्ट्रिय पार्टीका प्रवक्ताले व्यक्त गरेका छन् र साथै उनले त्यसप्रति गहिरो अफ्सोस पनि प्रकट गरेका छन्।

         त्यसअघि जापानी प्रधानमन्त्री शिन्जो आबेले 17तारिखका दिन प्रधानमन्त्रीको हैसियतमा यासुकुनी देवलमा बलि चढाउने निर्णय गरेकोबारे पनि दक्षिण कोरियाले आपत्ति जनाएको विदेश मन्त्रालयका प्रवक्ताले बताए।

        18 तारिख जापानी सञ्चार माध्यमले जनाएअनुसार, 17 तारिखदेखि 20 तारिखसम्म आयोजित यासुकुनी देवलको नियमित शरद पूजामा जापानी सँसदका लगभग एक सय 60 जनाले भाग लिएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह