फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका प्रधानमन्त्रीको चीन भ्रमणबाट आपसी सहयोग तथा विकासमा सकारात्मक संकेत मिल्नेः विश्लेषक

(GMT+08:00) 2013-10-18 19:05:15

      चीनका प्रधानमन्त्री ली ख छ्याङ्गको निमन्त्रणामा भारतका प्रधानमन्त्री मानमोहन सिंहले अक्टोबर 22 तारिखदेखि 24 तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो चालू वर्षको मे महिनामा प्रधानमन्त्री ली ख छ्याङ्गले भारतको भ्रमण गर्नुभएपछि चीन र भारतबीचको अर्को महत्वपूर्ण भ्रमण हो। यस पटकको भ्रमण अवधिमा दुई पक्षले गहन छलफल गर्ने विषयहरु नै समाजका विभिन्न पक्षको ध्यानाकर्षणका विषय हुन्। हाम्रा सम्वाददाताले चीनको सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत एशिया प्रशान्त तथा विश्वव्यापी रणनीतिको अध्ययन केन्द्रका डा.ऊ चाउ लीसँग अन्तर्वार्ता लिनुभएको छ।

     "दुवै पक्षले सीमा र व्यापार गरी दुई वटा विषयबारे मुख्यतः छलफल गर्नेछन्। सीमा समस्या इतिहासदेखि नै थाती रहेको समस्या हो। असन्तुलित व्यापारिक समस्या हालका दुई वर्षमा देखापरेको अर्को समस्या हो। यी दुई समस्या भारतका प्रधानमन्त्रीको चीन भ्रमणका महत्वपूर्ण मुद्धा हुन्।"

      चीन र भारतको सीमा समस्याप्रति अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण हुनुका साथै दुवै पक्षको साझा अभिरुचीका समस्या भए पनि हल हुन नसकेको एउटा जटिल समस्या हो। डा.ऊको विचारमा राजनैतिक विश्वास र मैत्रीपूर्ण सहयोगको पूर्वार्धमा सिंहको चीन भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच सम्बन्धित निर्णय-प्रस्ताव हासिल हुनु हो। उहाँले भन्नुभयो

      "सीमा समस्यामा चीन र भारतबीच एक खालको सहमति भएको छ। पहिलो, दुई पक्षले शान्तिपूर्ण उपायमार्फत् सीमा समस्याको समाधान गर्नसक्ने छन्। दोस्रो, सीमा समस्या निष्पक्ष र दुई पक्षद्वारा ग्रहण गर्नसकिने उपायमार्फत् समाधान गरिनेछ। तेस्रो, दुई पक्षले रोड-म्याप अर्थात् मार्गचित्रलाई निश्चित गरेका छन्। दुवै पक्षले सीमा समस्या समाधान गरिनुअघि सीमा क्षेत्रको शान्तिको प्रत्याभूति गर्न स्वीकार गरेका छन्।"

        चीन र भारतले अन्तर्राष्ट्रिय सहयोग चौतारोमा फलदायक सहयोग गरेका छन्। दुई मुलुकबीचको घनिष्ठ आर्थिक तथा व्यापारिक सहयोग द्विपक्षीय सम्बन्धको विकासलाई अगाडि बढाउने महत्वपूर्ण शक्ति हो। केही सञ्चार-माध्यमद्वारा जनाइएअनुसार, चीनको लगानीलाई आकर्षित गर्नका लागि सिँहले चीनलाई भारतमा "चीनको वाणिज्य पार्क"को निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। डा.ऊले यसबारे भन्नुभयो

      "यो दुई पक्षका लागि विजयमुलक प्रस्ताव हो। चीन उत्पादन व्यवसायको ठूलो मुलुक हो। चीनसँग बेजोड प्रतिस्पर्धात्मक शक्ति छ। भारतको उत्पादन व्यवसाय पछि परेको छ। यो प्रस्ताव चीन र भारतका लागि हितकर हुनेछ।"

       विश्वका दुई वटा सबैभन्दा ठूला विकासोन्मुख मुलुकको रुपमा चीन र भारतबीचको सम्बन्ध एक्काईसौं शताव्दीमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरुमध्येको एक हो। चालू वर्ष ली ख छ्याङ्गको भारत भ्रमणले दुई मुलुकको सम्बन्धको नयाँ शुरुवातलाई निश्चित गरेको छ। सिंहको यो जवाफी भ्रमण सन् 1954 देखि यता एकै वर्षभित्रमा दुई मुलुकका प्रधानमन्त्रीको दोहोरो पारस्परिक भ्रमण हुनेछ। सिंहको भ्रमणको महत्वपूर्ण रणनैतिक अर्थ रहेको छ। डा.ऊको विचारमा दुई मुलुकका प्रधानमन्त्रीहरुको पारस्परिक भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध कायम हुँदाको सकारात्मक संकेत पनि हो।

      "चालू वर्ष दुई मुलुकका प्रधानमन्त्रीहरुको पारस्परिक भ्रमणको विशेष अर्थ भनेको चीन र भारतले विश्वलाई एक स्पष्ट संकेत दिएका छन्। चीनका प्रधानमन्त्रीको भारत भ्रमणबाट चीनले भारतसितको मैत्रीपूर्ण सम्बन्धको विकासमा महत्व दिएको कुरा प्रतिविम्वित भएको छ। यो चीनले भारतलाई दिएको स्पष्ट संकेत हो। भारतका प्रधानमन्त्रीको जवाफी भ्रमणबाट चीनद्वारा प्रस्ताव गरिएको नयाँ ठूलो मुलुक सम्बन्धमा भारत पनि सहमत भएको सांकेतिक प्रतिविम्व हो।"

       विवाद र बाधाबाहेक चीन र भारतका अझै बढी सकारात्मक विषयहरु छन्। चीन र भारतको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको सामु महत्वपूर्ण सुअवसर रहँदैआएको छ। ली ख छ्याङ्गले बताउनुभएको झैं विवादभन्दा चीन र भारतबीचको साझा हितको सवाल अझ ठूलो छ। चीन र भारतको साझा विकास एशिया र विश्वका लागि पनि हितकर हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह