फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतद्वारा सिरिया समस्यासम्बन्धी सम्मेलन आयोजना गर्ने घोषणा

(GMT+08:00) 2013-10-19 10:34:00

        बेलायतका विदेश मन्त्री विलियम हेगले आगामी अक्टोबर 22 तारिखका दिन "सिरियाली मित्रदेशहरु" सम्मिलित केन्द्रीय टोलीको बैठकको आयोजना गर्ने घोषणा गर्नुभएको छ। 18 तारिखका दिन उहाँले दिनुभएको जानकारी अनुसार सो बैठकमा सिरियाली संकट र दोस्रो जेनेभा सम्मेलनसँग सम्बन्धित विषयबारे छलफल गरिनेछ। सिरियाली मित्रदेशहरुको समूहमा अमेरिका, इटाली, टर्की, बेलायत लगायत एघार मुलुक रहेका छन्।

       हाल सहमति हासिल गरिएको "जेनेभा विज्ञप्ति"लाई व्यवहारमा उतार्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको नम्बर 2118 निर्णय-प्रस्तावले सिरिया समस्यासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न आव्हान गरेको कुरा हेगले बताउनुभयो। सो विज्ञप्तिले सिरियालाई संक्रमणकालीन राजनैतिक एकाईको स्थापना गर्न आग्रह गरेको छ। यो राजनैतिक एकाई सिरिया सरकार, सिरियाली विपक्षी र अरु मण्डलका सदस्यहरुद्वारा छलफल गरिएपछि सर्वसम्मतिले स्वीकृत भएको आधारमा गठन गर्नुपर्ने हुन्छ। उक्त लक्ष्यलाई साकार तुल्याउनका लागि बेलायतले "लण्डन एघार" नामक सम्मेलनको आयोजना गरी दोस्रो जेनेभा सम्मेलनको तयारी कार्यबारे छलफल गर्ने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह