फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साउदी अरबियाद्बारा सुरक्षा परिषद्को अस्थायी सदस्य मुलुक बन्ने प्रस्ताव अस्वीकार गरिएकोबारे राष्ट्र संघीय महासचिव बान की मुन अनविज्ञ

(GMT+08:00) 2013-10-19 10:49:55

          संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अक्टोबर अठार तारिखका दिन साउदी अरबियाले सुरक्षा परिषद्को अस्थायी सदस्य मुलुक बन्ने प्रस्तावलाई अस्वीकार गरेको रिपोर्ट आफू देखे तापनि औपचारिक सूचना नपाएको कुरा बताउनुभएको छ। अब उपरान्त त्यस विषयको झन् ख्याल-विचार गर्दै जाने कुरा पनि उहाँले औंल्याउनुभएको छ।

          अक्टोबर सत्र तारिखका दिन संयुक्त राष्ट्र संघको अठसठीऔं महासभाले साउदी अरेबिया, चाड, लिथुएनिया, नाइजेरिया र चिली यी पाँचवटा मुलुकलाई सन् 2014 र सन् 2015का लागि सुरक्षा परिषद्का अस्थायी सदस्य मुलुक बनाउने प्रस्ताव प्रस्तुत गरेको थियो।

          तर केही घण्टा पछि साउदी अरबियाको विदेश मन्त्रालयले एउटा बक्तव्य प्रकाशित गर्दै सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय भिडन्तको समाधान गर्ने क्रममा प्रभावकारी कदम नचालेको, प्यालेष्टाइन र इजरेल समस्या, सिरिया संकट र मध्य पूर्वी क्षेत्रमा आम विनाशकारी अस्त्र जस्ता समस्याको समाधान गर्ने प्रक्रियामा दोहोरो मापदण्ड चलाएको जस्ता आरोप लगाएको छ। यसप्रकारले राष्ट्रसंघमाथि दोषारोपण लगाउँदै निहुँ खोजेर साउदी अरेबियाले सुरक्षा परिषद्को प्रस्तावलाई अस्वीकार गरेको जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह