फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली समस्या सैनिकमार्फत समाधान संभव नभएको ब्राहिमीको भनाइ

(GMT+08:00) 2013-10-21 17:45:02

          सिरियाली संकटसम्बन्धी संयुक्त राष्ट्र संघ तथा अरब लीगका विशेषदूत लख्दार ब्राहिमीले सिरिया समस्या दोस्रो जेनेभा सम्मेलनको तयारीका लागि गत 19 तारिखमा मध्य पूर्वी मुलुकको भम्रण सुरु गर्नुभएको छ।

          विषेशदूत ब्राहिमीले इजिप्टका विदेशी मन्त्री नबिल फाह्मी र अरब लीगका महासचिव नबिल एल अरबीसँग सिरिया समस्या दोस्रो जेनेभा सम्मेलन तथा सिरियाली वर्तमान परिस्थितिबारे वार्ता गर्नुभएको छ। उहाँले फाह्मीसँग वार्तामा हालसम्म कुनै पनि पक्षले सिरियाली युद्धमा विजय प्राप्त गर्ने सम्भावना नराखेको र सैनिकमार्फत समस्याको समाधानको सम्भावना पनि नरहेकोमा विशेष जोड दिनुभएको छ। राजनैतिक वार्तामार्फत समाधान खोज्दा सिरियाली संकट समाप्त हुने र सरियाली जनताको स्वतन्त्र तथा राष्ट्रिय एकतालाई संरक्षण गर्न सकिने उहाँले औँल्याउनुभयो।

          विषेशदूत ब्राहिमीले महासचिव एल अबरबीसँगको वार्तापछि हालसम्म दोस्रो जेनेभा सम्मेलनको ठोस समय निश्चित नभएको बताउनुभयो। उहाँले जेनेभा फर्केर अमेरिका तथा रुस आदि संयुक्त राष्ट्र संघका सुरक्षा परिषदका स्थायी मुलुकसँग वार्तापछि सम्मेलनको ठोस समय सार्वजनिक हुने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह