फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी परराष्ट्र मन्त्री जोन केरी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच भेटवार्ता

(GMT+08:00) 2013-10-21 17:46:45

        हिजो बीस तारिख राति अमेरिकी परराष्ट्र मन्त्री जोन केरीले अमेरिका भम्रणमा रहनु भएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट वार्ता गर्नुभएको छ। दुवै नेताहरु पछिल्लो समयमा वाशिंटन तथा इस्लामाबादबीचमा चिसिएको सम्बन्धलाई सुधार गर्न सहमत भएका छन्।

        सन् 2011 मा अमेरिकाले पाकिस्तानको अनुमति बिना नै आफ्नो सेनालाई पाकिस्तान घुसाएर अल-काइदा सङ्गठनका प्रमुख ओसामा बिन लादेनलाई मारेको थियो। त्यसपछि अमेरिका र पाकिस्तान बीचको सम्बन्ध चिसिदै आएको थियो। त्यसपछिका अमेरिकी सेनाले आतङ्ककारी प्रतिआक्रमण योजनाका नाममा श्रृंखलावद्ध अपरेसन गरेपछि दुई मुलुकबीचको दूरी अझै बढेको थियो। शरीफले गत मेमा प्रधानमन्त्रीको पद सम्हालेपछि अमेरिकासँगको सहयोग र साझेदारीमा प्रगति हुने आशा व्यक्त गर्नुभएको थियो। अमेरिकाले पनि सम्बन्ध सुधार गर्नका लागि इमानदार बन्दै पाकिस्तानलाई 1 अर्ब 60 करोड अमेरिकी डलर सैनिक तथा आर्थिक सहयता प्रदान गर्ने सार्वजनिक गरेको थियो।

        सो आर्थिक सहयता लिन प्रधानमन्त्री शरीफको यो भ्रमणको मुख्य उद्देश्य रहेको देखिन्छ। चार दिने अमेरिका भ्रमणमा उहाँले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा निजी लगानीकर्तालाई भेटी वातावरण अनुकूल बनाउनु भएको छ। उहाँले आगामी 23 तारिख ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ‌बाराक ओबामासँग वार्ता गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह