फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले विश्वको ध्यान आकृष्ट

(GMT+08:00) 2013-10-21 18:21:08

          भोलि अक्टोबर बाइस तारिखदेखि चौबीस तारिखसम्म भारतका प्रधानमन्त्री मनमोहन सिंहले चीनको औपचारिक भ्रमण गर्नुहुने भएकोछ। भारतीय प्रधानमन्त्री सिंहको चीन भ्रमण गत मे महिनामा चीनका प्रधानमन्त्री ली ख छ्याङको भारत भ्रमणपछि चीन र भारतबीचको अर्को महत्वपूर्ण उच्च आदान-प्रदान हो। भारतीय प्रधानमन्त्री सिंहको चीन भ्रमणले के कुरामा विशेष अर्थ राख्छ? सो भ्रमणले के कस्ता कुराको ध्यान तान्नेछ? अब सुनौँ यससम्बन्धी विस्तृत विवरण

         प्रधानमन्त्री सिंहको चीन भ्रमण गत मेमा चीनका प्रधानमन्त्री ली ख छ्याङको भारत भ्रमणपछिको चीन र भारतबीचको अर्को महत्वपूर्ण उच्च आदान-प्रदान हो। सन् 1954 पछि एकै वर्षभित्र दुई देशका प्रधानमन्त्रीबीचको भ्रमण आदानप्रदान भएको पहिलो पटक हो। भारतको जवारलाल नेहरु विश्वविद्यालयको अन्तर्राष्ट्रिय विषय अध्ययन इन्स्टिट्युटको पूर्वी एशिया अध्ययन केन्द्रका प्राध्यापक श्रीकान्त कोन्दापाल्लीक विचारमा प्रधानमन्त्री सिंहको आसन्न चीन भ्रमणले ऐतिहासिक महत्व राख्ने देखिन्छ।

         तत्कालीन प्रधानमन्त्रीद्वय चौ अन लाइ र नेहरुबीच एकै वर्षमा आपसी भ्रमण भएको पचास वर्षपछि यो भ्रमण भएको हो। पचास वर्षपछि दुई देशबीच फेरि एकै वर्षभित्र आपसी भ्रमण हुँदैछ। त्यसको महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको छ। गत मेमा प्रधानमन्त्री ली ख छ्याङको भारत भ्रमणको जवाफी भ्रमण पनि हो। प्रधानमन्त्री सिंहले चीनका राष्ट्रध्यक्ष सी चिन फिङसँग भेट गर्ने कार्यक्रम रहनेछ। गत अप्रिल महिनामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा दुई नेताबीच भेट-घाट भएको थियो। यसै भेटमा दुई पक्षबीच अरु बढी आदान-प्रदान हुनेछ र त्यसले दुई देशबीच आपसी बुझाइ बढाउन सहयोग दिनेछ।

         प्राध्यापक श्रीकान्तका विचारमा आर्थिक तथा व्यापारिक, सीमा क्षेत्र आदि सो भ्रमणमा उठ्ने मुख्य विषय हुनेछन्। साथै अनेकौँ नयाँ सम्झौतामा हस्ताक्षर हुने पनि उहाँले व्यक्त गर्नुभयो।

         यसले दुई देशबीचको आर्थिक तथा व्यापारिक लगानीलाई नयाँ शक्ति थप्नेछ। यो निकै महत्वपूर्ण छ। किनभने भारत र चीनलाई विभिन्न तहमा विश्व बैङ्किङ संकटको प्रभाव परेको छ। दुई पक्षले आर्थिक सहयोगलाई प्रथम विषयमा राखेका छन्। आपसी सहयोग भएर मात्र संयुक्त रुपमा संकटको चुनौतिको सामना गर्नसकिन्छ।

         अहिले चर्चामा रहेको "चिनियाँ औद्योगिक पार्क" निर्माण गर्ने विषयबारे चर्चा गर्दै प्राध्यापक श्रीकान्तले सिंहको भ्रमणबाट त्यससम्बन्धी व्यवहारिक प्रगति हासिल हुने व्यक्त गर्नुभयो। उहाँका अनुसार, भारतको तीन करोड उपभोक्ता रहेको समूह छ र लगानीको भविष्य पनि फराकिलो छ। चीनले भारतमाथि निर्यात र लगानीलाई बढाएर दुई देशबीचको असन्तुलित व्यापारलाई समाधान गर्न सहयोग दिनेछ।

          चीन-भारत सीमा क्षेत्रसम्बन्धी विषय दुई पक्षबीच साझा रुचिमा रहेको छन्। यी विषयले अन्तर्राष्ट्रिय समूहको ध्यान पनि तानेको छ। यसै भ्रमणमा प्रधानमन्त्री सिंहले चीनसँग सीमा क्षेत्र विषयसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर गर्नुहुने सम्भावना रहनेछ। प्राध्यापक श्रीकान्तले भन्नुभयो

          सो सम्झौतामा चीन-भारत सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा क्षेत्रसम्बन्धमा विश्वास थपिनेछ। सन् 1996 मा चीनका तत्कालीन राष्ट्राध्यक्ष च्याङ च मिनले भारतको भ्रमण गर्नुभएको थियो। सो अवसरमा चीन र भारतबीच "चीन-भारत सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा क्षेत्रको सैन्य क्षेत्रमा विश्वास कदम तयारी गर्ने सम्झौता"मा हस्ताक्षर भएको थियो। सन् 1996को सम्झौताको तुलनामा नयाँ सम्झौतामा अरु बढी विश्वास कदम समावेश हुने छन्।

          प्राध्यापक श्रीकान्तको विचारमा आर्थिक तथा व्यापारिक क्षेत्रसँगै सीमा क्षेत्रको विषयबाहेक प्रधानमन्त्री सिंहले चीनका नेतासँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा विषयमा पनि बैचारिक आदान-प्रदान गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह