फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चिनियाँ व्यवसायीलाई नेपाली व्यवसायीद्वारा निमन्त्रणा

(GMT+08:00) 2013-10-22 17:58:46

          उद्योग वाणिज्य महासंघले आगामी फागुनमा काठमाडौंमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चिनियाँ व्यवसायीलाई निमन्त्रणा दिएको छ। गत सातादेखि चीन भ्रमणमा रहेको महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको टोलीले चीनको विभिन्न सहरहरूमा आपसी भेटघाट तथा छलफल गरिरहेको महासंघले जनाएको छ।

          असोज 30 गते चीन भ्रमणमा आएको महासंघको प्रतिनिधिमण्डलले गत सोमबार चीनको वाणिज्य मन्त्रालयको व्यापार विकासअन्तर्गत व्यापार प्रवर्द्धन विभागका उपमहानिर्देशक चु चोंगसिंग, निर्देशक चु सुआईसँग भेट गरी नेपाल र चीनबीचको आपसी व्यापार प्रवर्द्धन तथा नेपाली वस्तुहरूको चीनमा प्रवर्द्धनका विषयमा छलफल गरेको बताएको छ।

          यसअघि महासंघले मंगलबार चीनको ग्वाङतोङ प्रान्तस्थित क्वाङचउमा चिनियाँ व्यावसायिक परिषद् (सीसीपीआईटी)का उपाध्यक्ष डा. लुसो संस्थाको प्रदर्शनी विभागका सहनिर्देशक हु पिन मिनसँग भेटगरी क्वाङ्चाउ र काठमाडौंबीचको व्यापार प्रवर्द्धन र क्वाङ्चाउबाट नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरू जस्तो पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रहरूमा द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको थियो।

         सो छलफलमा आगामी मंसिरमा सीसीपीआईटी (गोङदोङ) का उद्यमी व्यापारीहरूको 1 प्रतिनिधिमण्डल नेपाल–चीनबीचको व्यापार सन्तुलन कायम राख्ने विषयमा महासंघसँग एक बृहत् गर्नेगरी नेपाल आउने सहमति भएको छ। क्वाङ्चाउमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय व्यापार मेला 'क्यानटोन फेयर'को आयोजक संस्थाका पदाधिकारीहरूसंग पनि भेट गरेको थियो।

         भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सीसीपीआईटीका उपाध्यक्ष, युनान प्रान्तीय सरकारको वाणिज्य मन्त्रालय अन्तरगत वाणिज्य विभागका उपनिर्देशक चा छाउतङ चाल्स लगायत उच्च अधिकारीहरूसँग भेट गरी युनान प्रान्त र नेपालबीचको द्विपक्षीय व्यापार प्रवर्द्धन तथा नेपालसँगको व्यापार घाटा कम गर्ने विषयमा छलफल गरेको छ।

         विशेषत केही समयदेखि चिनियाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएकाले खुन्मिङ–काठमाडौं हवाई उडान थप गर्नुपर्ने, नेपालको प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभका प्राथमिक ग्राह्यताका वस्तुहरूको प्रवद्धर्नका लागि युनान प्रान्तको कुनमिनमा छुट्टै नेपाली ब्रान्डहरूको प्रवर्द्धनात्मक प्रदशर्न–घरको व्यवस्था गर्ने सम्बन्धमा समेत सकारात्मक छलफल भएको थियो। छलफलमा खुन्मिङमा हुने 'चीन तथा दक्षिण एसियाली व्यावसायिक मञ्च' र खुन्मिङ अन्तर्राष्ट्रिय प्रदशर्नीमा नेपाल उद्योग वाणिज्य महासंघको महत्वपूर्ण एवं सक्रिय भूमिकाका लागि सीसीपीआईटीका उपाध्यक्षले सराहना गर्दै आगामी दिनमा अझ बढी सक्रियताको अपेक्षा गरेको कारोबार अनलाइनले उल्लेख गरेको छ।

         प्रतिनिधिमण्डलले भोलि बुधबार सीसीपीआईटी छेन्तुका पदाधिकारीसँग भेटघाट गरी नेपाल र छेन्तुबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, आपसी सहकार्य, 14 औं वेस्टर्न चाइना अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालको सहभागिता विषयमा छलफल गर्ने कार्यक्रम छ।

         सो क्रममा महासंघको प्रतिनिधिमण्डलबाट आगामी वर्ष काठमाडौंमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय नेपाल व्यापार मेलामा चीनको सहभागिताका लागि निमन्त्रणसमेत दिने कार्यक्रम छ। उपाध्यक्ष कर्णिकारको नेतृत्वमा महासंघको ब्रान्डिङ तथा आयस्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारसहितको टोली सहभागी छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह