फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'तिब्बतको विकास र प्रगति'श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2013-10-22 18:46:10

          चीनको राज्य परिषदको प्रेस कार्यालयकले आज बाइस तारिख "तिब्बतको विकास र प्रगति" श्वेतपत्र सार्वजनिक गरेको छ। लगभग बीस हजार अक्षर भएको सो श्वेतपत्रमा साठ्ठी वर्षयता तिब्बतमा भएको ठूलो परिवर्तनलाई देखाइएको छ।

          चीनको तिब्बत शास्त्र अध्ययन केन्द्रको इतिहास अध्ययन संस्थाका अध्ययनकर्ता चाङ युनको विचारमा श्वेतपत्रले सबैभन्दा बढी ध्यान तानेको विषय विकाससँग निकै मिलेको छ। श्वेतपत्रले प्रशस्त ऐतिहासिक सूचनाबाट आर्थिक विकास तथा जनजीवनमा आएको सुधार र राजनीतिक प्रगति एवं जनता आफ्नो मालिक भएको कुरालाई स्पष्टसँग उल्लेख गरेको छ। तिब्बतमा सांस्कृतिक संरक्षण तथा धार्मिक स्वतन्त्रता, सामाजिक विकास तथा विभिन्न कार्यको विकास, वातावरण संरक्षण तथा पर्यावरण सभ्यता आदि क्षेत्रबाट विकास चाहिन्छ कि चाहिन्दैन भन्ने कुरा पनि ऐना जस्तै छर्लङ्ग बनाइदिएको छ। तिब्बती नागरिकले विकासबाट प्राप्त गरेको फाइदालाई पनि श्वेतपत्रमा चर्चा गरिएको छ। चाङ युको विचारमा, श्वेतपत्रमा उल्लेख गरिएको तिब्बतको विकास र प्रगति आर्थिक मात्रै होइन सामाजिक विकास र मानव विकासमा पनि ध्यान दिइएको छ,जसबाट तिब्बती किसान र पशुपालक र सर्वसाधारणले तिब्बत विकासबाट सबभन्दा बढी फाइदा प्राप्त गरेको विषय प्रष्ट्याइएको छ।

         चीनको सामाजिक विज्ञान प्रतिष्ठानको जातीय शास्त्र तथा मानव शास्त्र संस्थाका अध्ययनकर्ता छिन युङ चाङको विचारमा श्वेतपत्रले विभिन्न तथ्यपरक सूचनाबाट तिब्बतको विकास तथा प्रगति हुनैपर्ने प्रकट गरेको छ। छिन युङ चाङले विशेष गरी श्वेतपत्रमा उल्लेख गरिएको धार्मिक स्वतन्त्रतासम्बन्धी विषयमा ध्यान दिनुभयो। उहाँले तिब्बती लोकतन्त्रिक सुधार भएर धर्मको आडमा गरिएको राजनीतिको उन्मूलन गरी साँच्चिकै धार्मिक स्वतन्त्रतालाई व्यवहारमा उत्तारेको जानकारी दिनुभयो।–

         मलाई लाग्छ तिब्बतमा एकदमै धार्मिक स्वतन्त्रता छ। कुनै धर्म मान्न नपाउने मैले सुनेको छैन। तिब्बतमा पुगेका सबैलाई थाहा छ पूर्ण तिब्बती क्षेत्रमा तिब्बती धर्मको बाक्लो वातावरण छ। गाउँ क्षेत्र होस् वा ल्हासा शहरीय क्षेत्र जहाँ पनि सुन्दर ध्वजा पताका फहरिएको देखिन्छ। हरेक सर्वसाधारणको घरमा गुम्बा हल छ साथै तिब्बती बूढापाकाहरुले गुम्बामा पूजा-आजा गरेको पनि देख्न पाइन्छ।

          श्वेतपत्रका अनुसार, तिब्बत तिब्बती बौद्ध धर्म, बान धर्म, इस्लाम धर्म, क्याथलिक धर्म आदि बहु-धर्म सँगै मिलेर बसेको क्षेत्र हो। तिब्बती बौद्ध धर्म धेरैजसो तिब्बतीले मानेको धर्म हो र तिब्बती बौद्ध धर्मभित्र विभिन्न सम्प्रदाय रहेका छन्। हाल तिब्बतका एक हजार सात सय सत्तासी वटा धार्मिक स्थानहरु छन् त्यसमा लगभग छयालीस हजारभन्दा बढी भिक्षु-भिक्षुणी र तीन सय अन्ठाउन्न जीवित बुद्ध रहेका छन्। महत्वपूर्ण धार्मिक दिसव हुँदा नियमित रुपमा विभिन्न कार्यक्रमको आयोजना हुने गर्छ।

          धार्मिक स्वतन्त्रताबाहेक श्वेतपत्रले चीनका विभिन्न सरकारी स्तरका मुख्य तिब्बती परम्परागत संस्कृतिको संरक्षण र विकास बारे पनि जानकारी दिएको छ। "जन गणतन्त्र चीनको संविधान" र चीनका अरु विभिन्न ऐनमा स्पष्ट रुपमा तोकिएको आफ्नो जातीय भाषा र लिपि प्रयोग तथा विकास गर्ने अल्पसंख्यक जातिको स्वतन्त्रताको संरक्षण गर्नुपर्छ। तिब्बती भाषालाई पनि प्रशस्त सम्मान र व्यापक प्रयोग गरिन्छ।

          यसैगरी श्वेतपत्रमा उल्लेख भए अनुसार, विभिन्न तिब्बती क्षेत्रको तिब्बती सांस्कृतिक पुरातात्विक बस्तु र स्थलको प्रभावकारी संरक्षण गरिएको छ। सन् 2000 देखि केन्द्रीय सरकारले अघिपछि गरी दुई अर्ब चार करोड चिनियाँ युआन लगाएर अनेकौँ पुरातात्विक वस्तुको संरक्षण परियोजना संचालन गरेको छ।

           केही वर्षयत चीनका विभिन्न तहका सरकारले लगानी बढाएर सांस्कृतिक आवश्यक प्रबन्धको स्थापना गरी तिब्बती क्षेत्रको सार्वजनिक सांस्कृतिक सेवा स्तरलाई माथि उकासेको छ। छिन युङ चाङले भन्नुभयो-

           सन् 2011यता तिब्बत स्वायत्त प्रदेशले नौ वटा परियोजना संचालन गर्न थालेको छ। नौ परियोजनामा बाटो, पानीआपूर्ति, विजुली, रेडियो टेलिभिजन पुर्‍याउने आदि रहेका छन्। त्यसबाट तिब्बती क्षेत्रको सांस्कृतिक वातावरणमा ठूलो सुधार आएको छ र तिब्बती सर्वसाधारण र भिक्षु-भिक्षुणीको जीवन स्तरलाई माथि उठाएको छ।

           छिन युङ काङका अनुसार, साठ्ठी वर्षभन्दा बढी समयको विकासबाट तिब्बती जनता र विश्वका अरु जनताबीच समान छ अर्थात् आधुनिक सभ्यता विकासको उपलब्धिबाट आनन्द लिने, आफ्नो जीवन स्तरलाई माथि उकास्ने, आफ्नो जीवनशैली छान्ने अधिकार छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह