फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संसारका विभिन्न मुलुकलाई संयुक्त राष्ट्र संघसँग मिलेर विश्वप्यापी चुनौतीको सामना संयुक्त राष्ट्रसंघका महासचिवद्वारा आह्वान

(GMT+08:00) 2013-10-25 10:42:46

          संयुक्त राष्ट्र संघको 68औँ दिवसका असरमा महासचिव बान कि मुन र 68औँ संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष विलियम आसेले बेग्लाबेग्लै सन्देश प्रकाशित गर्दै संसारका विभिन्न मुलुकहरुलाई संयुक्त राष्ट्र संघसँग मिलेर विश्वव्यापी चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ। हिजो अक्टोबर 24 तारिख संयुक्त राष्ट्रसंघ दिवस हो।

          महासचिव बानको सन्देशमा संयुक्त राष्ट्र संघद्वारा शान्ति र संयुक्त विकासका लागि गरिएको योगदानलाई सम्झन अपिल गर्नुभएको छ। संयुक्त राष्ट्र संघले अझ राम्रो संसारको सपना बोकेको र त्यसलाई साकार तुल्याउनका लागि सबैको सकारात्मक भूमिकाको अपेक्षा गरेको उहाँले औँल्याउनुभएको छ। सिरिया समस्या विश्वव्यापी चुनौती रहेको उहाँले सन्देशमा जोड दिनुभएको छ। लाखौँ मानिसले संयुक्त राष्ट्र संघको मानववादी सेवा उपलब्ध गराउने कर्मचारीलाई सहयोग गरिरहेको सन्देशमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्र संघका विषेशज्ञले रासायनिक हतियार विरोधी सन्धीसँग मिलेर सिरियाली रासायनिय हतियारलाई नष्ट पार्ने प्रयास गरिरहेको उहाँले व्यक्त गर्नुभएको छ। संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको भिडन्तलाई बन्द गर्न सो प्रयास चालेको उहाँले स्पष्ट पार्नुभएको छ।

         चालु वर्ष संयुक्त राष्ट्र संघले सबैतिर रहेका शक्ति एकिकृत गराएर सशस्त्र भिडन्त, मानव अधिकार र वातावरण जस्ता समस्याको सामना गर्न विश्वका जनतालाई अपिल गर्नुभएको छ।

          महासभाका अध्यक्ष आसेले सन्देशमा विभिन्न मुलुकलाई सँगै प्रयास गरी संयुक्त राष्ट्र संघको स्थापित इच्छाको नेतृत्वमा विश्व इतिहासको नयाँ चरण सुरु गर्न आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह