फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आम रुपमा गरिएको निरीक्षण रोक्न वाशिन्टनमा विरोध प्रदर्शन

(GMT+08:00) 2013-10-27 11:46:57

          सिन ह्वा समाचार समितिका अनुसार, अमेरिका तथा विश्वका सर्वसाधारणमाथि गरेको "प्रिज्म पद्धति" गोप्य निरीक्षण रोक्न अमेरिकी राजधानी वाशिन्टनमा हिजो छब्बीस तारिख विशाल विरोध प्रदेशन भएको छ। विरोध प्रदर्शनका आयोजकले संसदसमक्ष पाँच लाख पचहत्तर हजार हस्ताक्षर भएको विरोध पत्र पनि पेश कार्यक्रमको तयारी गरेका छन्। सञ्चारमाध्यमले सार्वजनिक गरेको ठूलो मात्राको गोप्य निरीक्षणबाट संविधान प्रदत्त अमेरिकी नागरिकको स्वतन्त्रता र गोपनीयता हनन भएकाले यस्तो कार्य रोक्न अमेरिकी संसदलाई कडा आग्रह गरिएको उक्त पत्रमा उल्लेख छ।

           हिजो छब्बीस तारिख दिउँसो दुई बजेतिर संसद भवन र राष्ट्रिय चोकबीच आयोजित विरोध प्रदर्शन कार्यक्रममा हजारभन्दा बढी व्यक्ति सहभागी भएका थिए। "आम रुपमा गरिएको निरीक्षण बन्द गर", "हामीलाई नरीक्षणा चाहिँदैन", "स्नोडेनलाई धन्यवाद" जस्ता नारा लेखिएका प्लेकार्ड लिएर विरोध प्रदर्शनमा उनीहरु सहभागी भएका थिए।

          गत जुनमा एडवर्ड स्नोडेनले राष्ट्रिय सुरक्षा ब्यूरोको "प्रिजम पद्धति" का बारेमा इन्टर्नेट र टेलिफोन निरीक्षण योजना सार्वजनिक गरेपछि अमेरिकामा र अन्तर्राष्ट्रिय क्षेत्रमा हलचल मच्चिएको थियो। अमेरिकाले फ्रान्स र जर्मनीका स्थानीय नागरिक वा नेतालाई लक्ष गरी निरीक्षण गतिबिधि गरेको सार्वजनिक भएपछि थप विवाद सिर्जना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह