फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघ अन्तर्गत मानव अधिकार समितिद्बारा चीनको लेखाजोखा सम्बन्धी प्रतिवेदन पारित

(GMT+08:00) 2013-10-28 19:18:57

               संयुक्त राष्ट्र संघ अन्तर्गत मानव अधिकार समितिको विभिन्न देशको मानव अधिकार लेखाजोखा कार्यदलले तयार पारेको प्रतिवेदनलाई चीनले स्वीकृत गरेकोमा त्यसलाई पारित गरेको छ।

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले अठाईस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिनुभएको हो।

              प्रवक्ता व्हाका अनुसार, अक्टोबर पच्चीस तारिखका दिन संयुक्त राष्ट्र संघ अन्तर्गत मानव अधिकार समितिको विभिन्न देशको मानव अधिकार लेखाजोखा कार्यदलले चीनको प्रतिवेदनलाई पारित गरेको हो। चीनको त्यस प्रतिवेदनमा सकारात्मक, निष्पक्ष र सन्तुलित रुपमा मानव अधिकार समितिद्बारा चीनको लेखाजोखा गरिएको वास्तविक अवस्था प्रतिबिम्बित गरिएको छ। उक्त लेखाजोखा सम्पन्न भएपछि अधिकांश मुलुकका प्रतिनिधिहरूले चीनलाई बधाई समेत ज्ञापन गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह