फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण-दक्षिणको सहयोगबाट विश्वको विकासमा नयाँ परिवर्तन-राष्ट्र संघीय अधिकारी

(GMT+08:00) 2013-10-29 18:56:16

          छैठौं दक्षिण-दक्षिण विकास एकस्पो 28 तारिखदेखि केन्याको राजधानी नैरोबीमा सुरु भएको छ। विकासोन्मुख मुलुकको सहयोगले विश्व सहयोग तथा विकाससम्बन्धी नयाँ परिपाटीको निर्माण गर्नुका साथै विश्व शान्ति, समृद्धि तथा विकासलाई अघि बढाउने एक्स्पोमा सहभागी राष्ट्र संघीय अधिकारीले बताएका छन्।

           विगत दश वर्षमा दक्षिणी मुलुकको सहयोगको ठूलो विकास हुनुका साथै विकासोन्मुख मुलुकले अर्थतन्त्र र विज्ञान तथा प्रविधिको विकास गर्ने क्षेत्र बनी विश्वलाई प्रभाव पारेको संयुक्त राष्ट्र संघका उपमहासचिव जोन इलिसोनले उद्धाटन समारोहमा व्यक्त गर्नुभएको छ।

             उहाँका अनुसार, दक्षिण-दक्षिण सहयोगको उपलब्धि विशाल भए तापनि चुनौति पनि ठूलै छ। जलवायु परिवर्तन, विपन्न, खाद्यान्न सुरक्षा र रोग आदि समस्या विकासोन्मुख मुलुकको विकासमा अवरोध रहेको छ। विश्व दक्षिण-दक्षिण विकास मञ्चले अनुभव आदान-प्रदान गर्न, स्वास्थ्य, व्यापार, कृषि आदि क्षेत्रमा रहेको समस्याबारे छलफल गर्न मञ्च दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह